प्रधानमन्त्री ओलीलाई उपविदेशमन्त्रीले गरे स्वागत

प्रकासित मिति: २६ बैशाख २०७६, बिहीबार १४:२४

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनामको राजधानी हनोइ आइपुगेका छन्।
प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए।

Bhansar Bivag
Argakhachi Cement