नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।
भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
यसैगरी आजै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गर्नुभयो । उहाँहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो ।