भारतको राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिपत प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गरे ।लगतै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गरेका छन् ।