प्रमेश पोखरेलको पुस्तक “कृषिको समाजवादी रुपान्तरण” सार्वजनिक

प्रकासित मिति: २३ जेष्ठ २०७६, बिहीबार १०:२२

किसान अधिकारकर्मी तथा कृषि विज्ञ प्रमेश पोखरेलको पुस्तक “कृषिको समाजवादी रुपान्तरण” हालै एक कार्यक्रममा सार्वजनिक भएको छ । नेपालको संविधानले नै अवको नेपालको विकासको यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार, खाद्य सम्प्रभुता र वास्तविक भुमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम साना किसान र पर्यावरणीय मैत्री, खाद्यसम्प्रभुताको प्राप्ती तथा श्रमजिवी किसानको समृद्धिलाई समेट्नेगरी हुनुपर्दछ भन्ने पुस्तकको सार हो ।
पूजिवादी व्यवस्था मुख्य गरी यसको खुल्ला बजार अर्थतन्त्र अनि मुनाफामुखी चरित्रका कारण नेपाल मात्र नभई विश्वमै अहिले कृषि क्षेत्र र साना किसानले विभिन्न चुनौतिको सामना गरेको तथा बहुराष्ट्रिय निगम, विश्वब्यापार संगठन र अन्र्तराष्ट्रिय वित्तिय संस्था लगायतका पुँजिवादका प्रमुख साधनले उत्पादनका स्रोत र साधनको अतिक्रमण, निजीकरण र विनाश, किसानको विस्तापन तथा कृषिमा रसायन र विषादीको प्रकोप बढ्दै गएको संदर्भमा नेपालमा पनि ती समस्याहरु छरपष्ट देखिइरहेको र कृषि बस्तुको न्युन मुल्य र कृषिबाट बढ्दो विकर्षण भइरहेको लेखकको मत छ । साना किसानको वाहुल्यता भएको नेपालमा साना किसान मैत्री पर्यावरणीय कृषि तथा खाद्यसम्प्रभुताको दिशामा अघि बढ्नुपर्नेमा वुर्जुवा शिक्षा, सांस्कृतिक प्रभुत्ववाद तथा आधुनिकताको प्रभावमा औद्योगिक र व्यापारिक नीति तथा कार्यक्रमबाट प्रभावित हुँदा हामी आज अधोगतितर्फ लागेका छौं । गहन छलफलको अभाव र साना किसानको चाहना विपरीत तथा स्थानीय परिस्थीतिको विष्लेषण विना नै आयातित गरिएका आधुनिकता, हरित क्रान्ति, औद्योगिकरण र बृद्धि सिद्धान्तका असफल एजेण्डाले हाम्रा राजनितिज्ञ र कर्मचारीतन्त्र ग्रसीत भएको समयमा ढिलो नहोस् भन्ने हेतुले हतारमै समानता र न्यायमा आधारीत कृषि विकासको कुरा अघि सार्ने उदेश्यले यो पुस्तकको जन्म भएको, लेखक बताउँछन् ।
यो पुस्तक मुख्य गरी नेपालको कृषि विकास र किसान आन्दोलनमा संलग्न अभियन्ताका लागि तयार पारीएको हो । यसले मुलत नेपाली विशेषताको खाद्य तथा कृषि शासन प्रणाली कस्तोे हुनुपर्दछ भन्ने बैचारिक अभिमुखिकरण गर्ने तथा सरोकारवाला निकाय, संघ, संस्था तथा व्यक्तिलाई कृषिको विकाससँग सम्वन्धित अनेकन नयाँ तथा पुराना विषयको विष्लेषणात्मक जानकारी पस्कने प्रयास गरेको छ । यसका साथसाथै कृषि क्षेत्र र किसानको बस्तुगत एथार्थ एवम् तत्कालिक र दिर्घकालिन नीति, कार्यक्रम तथा रणनीतिहरुको समेत चर्चा गर्दछ ।
पुस्तकमा ४० बटा विविध विषयहरु समावेश छन् । शुरुका ५ शीर्षक विगत र वर्तमान परिस्थीतिको बुझाई तथा विष्लेषणमा आधारीत छन् । नेपालको कृषिको समस्या र चुनौतिको चर्चा गर्दै यहाँ कृषि विकासको ठूलो संभावना भएको कारणहरु पस्कीएको छ । त्यसैगरी नेपालको वामपन्थी किसान आन्दोलन, सरकारी आन्दोलन र भुमिसुधारको प्रयासको संक्षीप्त व्याख्या गर्दै सरकारीमार्फत चक्लाबन्दी गर्दै कृषिको विकास गर्नुपर्ने तथा कृषिको आधुनिकीकरण, औद्योगिकीकरण र व्यापारीकरण साना किसान मैत्री नारा नभएको कुरा पछिका शिर्षकमा रहेको छ ।
कृषि क्षेत्रका सरोकारवालाहरुले मुख्य गरी अभियन्ता तथा नीति निर्माताले जान्नै पर्ने विषयहरु जस्तै रसायनीक मल, जैविक मल, विषादी, जलवायु परिवर्तन, आनुवंशिक र ठिमाहा विउ, भुमी अतिक्रमण, नवउदारवाद, विश्व व्यापार संगठन, प्राङगारिक कृषि, मूल्य श्रृङखला, कृषि विमा, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, पर्यावरणीय कृषि आदी विषयसँग सम्वन्धी जानकारी र तिनका विविध आयामको प्रस्तुती त्यस पछिका शिर्षकहरुमा रहेको छ ।
त्यसैगरि ओझेल परेका विषयहरु जस्तै नेपालको पशुपालन क्षेत्र र यसको संभावना, नेपालमा दूग्ध उत्पादनको अवस्था र चुनौति, कृषिमा महिलाकरणको प्रकृया, दलित भुमीहीनताको विष्लेषण आदी विषयलाई समेत जोड दिइएको छ । विश्वव्यापी रुपमा कृषि र किसान आन्दोलनको चर्चा गर्ने सम्वन्धमा वर्तमान विश्व परिस्थीति, समाजवादी किसान आन्दोलन, अन्तर्राष्ट्रिय किसान आन्दोलनका उपलब्धी तथा नवउदारवाद र विश्वब्यापारीकरणको चपेटामा किसान आन्दोलनको उभार पनि समेटिएको उक्त पूस्तकको अन्तीम भागमा किसान आन्दोलन र कृषि विकासको सेरोफेरोका विविध विषयहरु छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रय किसान संजाल, अन्र्तराष्ट्रिय कृषि विकास कोष (आइफाड) र खाद्य तथा कृषि संगठन (एफएओ) जस्ता निकायहरु तथा दिर्घकालिन कृषि विकास रणनीति (एडिएस) तथा किसान अधिकार घोषणापत्र जस्ता विषयहरु समावेश गरिएका छन् ।
कृषिबाट खाद्यान्न उत्पादन हुन्छ । खाद्यान्नको उत्पादन वीना मानव मात्र होइन प्राकृतिक सन्तुलन समेत रहन सक्दैन । देश सम्प्रभु रहने तथा समुद्ध बन्ने त कुरै छोडौं । त्यसैले देश अनुरुप स्थानीय र दिगो कृषि मार्फत साना किसानको संरक्षण र प्रवद्धन गर्दै आत्मनिर्भर र प्राङगारिक कृषिनै नेपालको उत्तम विकल्प हो । अझ समाजवादी कृषिको रुपान्तरण किसान अधिकार र खाद्य सम्प्रभुताको सिद्धान्तको आधारमा हुनुपर्दछ । त्यसैले साना किसानलाई केन्द्रमा राख्दै प्रकृतिसँगको समन्वयमा तथा पर्यावरणीय र न्यायिक अर्थशास्त्रको आधारमा वैज्ञानिक भुमिसुधार र विउविजन संम्प्रभुता मार्फत गरिने कृषिको विकास नै समाजवादी विकास हो । हाम्रो पहिलो प्राथमिकता आत्मनिर्भरता र त्यसपछि पहाडिया र तुलनात्मक लाभको कृषि, कृषि उद्यमशिलता र मुल्य श्रृंङखला, व्यवसायिकता, पारिवारिक र मिश्रित कृषि, जडिबुटि र फलफुलखेति, पशुपालन, हुँदै रोजगारी र आम्दानीमार्फत किसानको समृद्धि संभव छ भन्ने कुरा पुस्तकमा जोड दिइएको छ । त्यसैगरी सरकारी मार्फत ग्रामीण किसानलाई संगठीत गर्दै कृषि विकासलाई समग्र ग्रामीण विकाससँग जोड्ने प्रयास गरिनुपर्दछ । यस्तै विषय र विष्लेषणमा यो कृतिको रचना भएको छ ।
पुस्तकले हाम्रो देशका नीति देशलाई परनिर्भर बनाउन केन्द्रित रहेको तथा नवउदारवादबाट प्रभावीत भई रसायनिक मल कारखाना खोल्ने, प्रस्तावनाका आधारमा अनुदान दिने र धितोका आधारमा रिण दिने कार्यविधि, खुल्ला बजारले तोक्ने कृषि उत्पादनको मुल्य, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणको वकालत गरेको व्याख्या गरेको छ । आनुवांशिक विउ, रसायनिक विषादी र मल प्रयोग गरी तथा प्राकृतिक स्रोतको मनलागि दोहन गरी वातावरण र मानव स्वाथ्यमा समेत असर पार्र्ने नाफाको राजनीतिमा आधारीत खेति समाजवादी रुपान्तरणको आधार बन्न सक्दैन । यिनै गलत नीति र नाराकै कारण युवाहरु कृषिबाट विकर्षण भई विदेशिने र ग्रामीण कृषिको महिलाकरण हुने क्रम तीव्र भएको तथा कृषि योग्य जमिन बाझिने र अतिक्रमण भई विनाश भइरहेको लेखक बताउँछन् । अव पनि फरक दृष्टिले नहेर्ने र गम्भिर भएर नसोच्ने हो भने हामी फर्कन नसकिने र बदल्न नसकिने गरी अझ विनाशको दिशामा लाग्नेमा समेत लेखक सचेत गराउँछन् ।
स्वयम् क

Bhansar Bivag
Argakhachi Cement