प्रस्ताव फिर्ता लिनाको विकल्प छैनः अध्यक्ष ढकाल

प्रकासित मिति: २२ पुष २०७३, शुक्रबार १४:४३

काठमाडौं पुस २२ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘सर्वोच्च अदालतले संशोधन प्रस्तावको विपक्षमा फैसला गरेकाले’ सरकारले प्रस्ताव फिर्ता लिनाको विकल्प नभएको बताए । नौ दलले शुक्रबार प्रर्दशनी मार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ढकालले अहिलेको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएकाले चाँडै निर्वाचनको मिति घोषणा गरेर देशलाई राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट जोगाउन सरकारसँग आग्रह गरे । अध्यक्ष ढकालले अदालतले नै संशोधन बुँदामा अहिलेको संसद्ले संशोधन गर्न नपाइने भनेको जिकिर गर्दै सरकारले जबर्जस्ती विधेय पेस गर्न खोजेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । ढकालले प्रचण्ड सरकारले जनताको विश्वास गुमाइसकेको दाबी गरे । उनले मधेसको मुद्दालाइ सत्ता प्राप्ति र राजनैतिक उद्धेश्य परिपूर्ति गर्ने भर्यांङ्ग नबनाउन मधेश केंद्रित दलहरूलाई आग्रह गरे । उनले मधेसका उत्पीड़ित, पिछड़ा बर्ग र किसानहरुको हक र अधिकारको लागि हदैसम्म परिवार दल लड़ने बताउँदै सिमित पूँजीपति बर्ग र जमीनदारको हितको लागि खोलिएका राजनैतिक दलहरुले बहुमत मधेसका जनताको हितमा विगतमा पनि कुनै काम नगरेको र भविष्यमा पनि केहि नगर्ने ठोकुवा गरे ।

Bhansar Bivag
Argakhachi Cement