प्राकृतिक सम्पदाले भरिपूर्ण भुम्लिचोक अझै ओझेलमा

प्रकासित मिति: ४ पुष २०७३, सोमबार ०२:१७

रामबाबु रानामगर
यतिमात्र हैन त्यो ठाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण रहेछ । स्थनीयसँग बुझदाँ गाविसको पुरै डाँडामा चुनढुंगा खानी रहेछ त्यहि चुनढुंगा प्रयोग गरेर नेपालकै प्रख्यात हेटौंडा सिमेन्ट, गोरखा सिमेन्ट बनेपनि स्थानीय बेखबर रहेको थाहाँ पाउँदा अचम्म लाग्यो ।
आन्तरिक पर्यटन प्रर्वद्घन र विकासको लागि नेपाल मगर पर्यटन समाजको संयोजनमा गोरखाको भुम्लिचोक भैरवी घरबास यात्राका क्रममा भुम्लिचोकमा पुग्दा मौलिक कला संस्कृतीलाई उजागर गदै स्वागत र बिदाइको कौराहा, चुड्का,पञ्चेबाजा बजाए ।
२ दिने भुम्लिचोक भैरवी घरबास यात्रामा बिभिन्न क्षेत्रमा सम्लग्न तीन दर्जन भन्दा बढी बसकोे यात्रामार्फत काठमाण्डौबाट शुक्रबार प्रस्थान गरियो । झण्डै चार घण्टाको बस यात्रा र पैदल सहित ९ घण्टामा गन्तब्य स्थलमा पुगियो । यात्राको क्रममा प्रकृतिप्रेमी मानवलाई आफ्नो देशमा रहेको प्राकृतिक सुन्दरतामा रमाउने इच्छा कस्लाई पो हुँदैन् ?
नयाँ ठाउँ नयाँ परिवेश सबैजना नयाँ तर सबैको उदेश्य भने एउटै थियो । त्यहि भएर सबैसँग घुलमिल हुन कुनै समयनै लागेन । संयोजन कर्तासँग फोनमा कुराकानी भएपनि प्रत्यक्ष भेट थिएन । सो भ्रमणले त्यो अवसर पनि मिल्यो । प्राकृतिक सौन्दर्य सबै आन्नदित हुदै बसको चार घण्टाको यात्रापछि चितवनको फिस्लिङ्गमा पुगेपछि हाम्रो बसको यात्रा रोकियो । त्यसपछि त्रिशुली नदी छेउमा रेहेको ¥याफ्टिङ्ग रिसोर्टमा पुग्न नपाउदै हाम्राृ टीमलाई मगर जातिको मौलिक पोशाकमा दिदीबहिनीहरु हातमा रातो टिकाको थाली, खादा र फुलको गुच्छासहित स्वागत गरे ।
त्यहि परम्परागत नेपाली खानखाएपछि मुख्य गन्तब्य भुम्लिचोक पुग्न ११ किलोमिटर उकालो हिड्नु पर्ने सुनेपछि केहि साथीलाई असहज लागेपनि हामी गन्त्ब्य तर्फ हिड्यो ।
15592343_1257452890965172_279832936_nजनयुद्व कालमा मारिएका माओवादीका पहिलो सहिद १३ बषीय दिलबहाुर रम्तेलको नाममा बनेको चौतारीमा पुग्ने एउटा अवसर मिल्यो । जसलाई रम्तेल चौताराका नामले परिचित रहेछ । त्यहा पुगेपछि के रम्तेलले देखेको सपना पूरा भयो त भन्ने सोच हरेकको मनमा उठ्छ । अहिलेको राजनीतिक खिचातानीलाई सम्झदै नेतालाई मनमनै गाली गदै हाम्रो टीमको यात्रा अगाडि बढ्यो ।
यात्राकै क्रममा चेपाङ्ग वस्ती पुग्दा त्यहाँ प्रत्येको घरमा चिउरीको बोट लाउदा रहेछन् । चेपाङ्ग जातीले विवाहमा चिउरीको बोट र चिउरीको ध्यु दाईजोको लागि नभई नहुने रछै । चिउरी फुल्दा चमेराहरु चिउरीको बोटमा झपक्क बस्ने गर्दछ । सो समयमा चेपाङ्गहरुले जाल हाली सबैं चमेराहरुलाई आफ्नो पासोमा पार्ने र त्यसैलाई भोजनको रुपमा खादा रहेछन, त्यो सुनेर मलगायत सबै अच्चमित भयौ । बाटोमा हेर्दै खाँउ खाँऊ लाग्दो सुन्तला देखियो र त्यसको स्वादलिदै हामि गन्तब्यमा निरन्तरता दियौ । बोटमै रहेका सुन्तला आकारमा सानो भएपनि निकै स्वादिला थिए ।

४–५ घण्टाको पैंदल यात्रासँगै हामी भद्रकाली उच्च मा.वि प्राङ्गण पुगियो । त्यहाँ ठाउँ– ठाउँमा साइनबोर्ड राखिएका थियो “एक घर एक चर्पी भुम्लिचोकको शान, स्वच्छ सफा वातावरण हाम्रो अभियान” लेखिएको थियो । गाउँमा सचेतना सम्बन्धी सकारात्मक सन्देश मुलक बोडहरु धेरै ठाउँमा देख्दा त्यहाँका मानिसको स्वास्थय प्रति सचेत देखेर खुसि लाग्यो । तर भुम्लिचोक गाविसमा भद्रकाली उच्च मावि एउटैमात्र बिद्यालय रहेछ । प्रावि दरवन्दी रहेपनि स्थानीयको पहलमा उच्च माबि सम्मको अध्यापन हुदो रहेछ । राजनैतिक तहका प्रतिनिधित्व बिद्यालयलाई सहयोग गर्ने बताएपनि त्यो बोलीमा मात्रै सिमित रहेको स्थानीयले बताए ।
यतिमात्र हैन त्यो ठाउँ प्राकृतिक सम्पदाले भरिपूर्ण रहेछ । स्थनीयसँग बुझदाँ गाविसको पुरै डाँडामा चुनढुंगा खानी रहेछ त्यहि चुनढुंगा प्रयोग गरेर नेपालकै प्रख्यात हेटौंडा सिमेन्ट, गोरखा सिमेन्ट बनेपनि स्थानीय बेखबर रहेको थाहाँ पाउँदा अचम्म लाग्यो । हाम्रो टीम त्यहाँ पुग्दा स्थानिय कला संस्कृति अनुसार स्वागत गरियो ।
स्वागत सहित नयाँ पाउनलाई रातो टिका, फुलको माला, र सगुन खुवाउने त्यहाँको चलन रहेछ । बास्तवमा अतिथि देव भव भन्ने सुनेको भएपनि त्यसको प्रत्यक्ष साक्षि बन्ने मौका भने मलाई पहिलो पटक त्यहाँ मिल्यो । मगर संघका अध्यक्ष नविन रोक्का मगरले नयाँ पर्यटकीय गन्तव्यको बिकास गरी भुम्लिचोकलाई चिनाउनुपर्नेमा जोड दिए । पत्रकार उजिर मगरले भुम्लिचोक बासीहरुले आफ्नो कला ,संस्कृति, रीतिरिवाज ,परम्परालाई जोगाई भुम्लिचोक होम स्टे लाई अझ प्रभावकारी बनाउनेमा जोड दिदै भुम्लिचोक बासीहरुको सहयोग र सहकार्य बिना होम स्टे सम्भव नहुनेमा जोड दिए ।
स्थानीय बासिन्दाले तयार पारेका खाजाको परिकारमा रमाउदैं गदाँ लाग्थ्यो त्यहाँ कुनै मेला महोत्वसव छ । खानामा गाँउघरको शुद्घ अर्गानिक खाजा सेलरोटी, मकै, भटमास, गुन्द्रुकको अचार चट्नी त्यसमाथी तीनपानेको सगुनले सबैलाई मोहित पारेको थियो । दिउँसोको पैदल यात्राले थकाई लागेको हुनाले होमस्टे मा आराम ग¥यो । हामी सँगैका केहि साथीहरु विहानै झिसमिसेमै उठी भैरवी टारबाट सुर्योदयको दृश्य ,हिमश्रृंखला देखिदो रहेछ भने गोरखा जिल्ला पुरै हेर्न सकिने रहेछ ।
भैरवी टार मन्दिर परिसरमा निर्माण गर्ने भनिएको एयरपोर्टको र क्षेत्रीय स्तरको खेलकुद मैदान पनि रहेछ । अनेकतामा एकता भनेझ भुम्लिचोकमा सम्पूर्ण जातजातीहरु एक आपसमा सहकार्य मिलेर बसोबास गर्दा रहेछन् । गाविसमा मगर,चेपाङ्ग,गुरुङ्ग,नेवार, अल्पसंख्यक दमाई, कामीको बसोबास रहेको छ । यहाँ साँस्कृतिक,रीतिरिवाज र परम्परा घाटु,कौडा, ठाडो भाका,झ्याउरे,लाखेनाच, चुड्काले प्रसिद्घ छ । भने धार्मिक स्थलहरुमा विभिन्न मठमन्दिर,भैरवी टार मन्दिर,कालिकास्थान,भुमेथान, देवस्थान, सीता (नुहाएर )स्नान गरेर हिड्ने बाटो जस्ता ऐतिहासिक धरोहरहरु रहेका छन् । भौगोलिक स्थिति एवं वातावरण चिसो, ठण्डा हावापानी, बा¥है महिना एकैनासको वातावरणको महशुस गर्न सकिन्छ । होमस्टे पर्यटन प्रर्वद्घनको लागि सम्भाव्य उद्गमस्थल भएता पनि धेरै युवापिँडीहरु वैदेशिक रोजगारीको लागि विदेशीएका रहेछन् ।
15556076_1257457794298015_1567152675_nपरापूर्व कालमा स्थानीय बासीन्दाहरुको किंवदन्ती अनुसार भैरवी देवीले नजिकैको पोखरीमा नुहाएर लोटामा पानी बोकी मन्दिर सफा गरिरहेको अवस्थामा स्थानीय बासीहरुले देख्ने गरेका थिए ।,सीता नुहाएर हिड्ने बाटो –तल्लो पेराङ्गदेखि कोराक सम्म ) झण्डैं २ किलोमिटर बाटो कहिल्यै पनि सुक्दैन, जुन बाटो सीता स्नान एवं नुहाएर हिँड्ने गरेको बाटोको रुपमा चिनिन्छ । परापूर्व कालमा यहाँका स्थानीय बासीहरुले विवाह ब्रतबन्ध तथा अन्य धार्मिक कार्यहरु गर्दा उनै सीताले प्रयोग गर्ने तामाका भाँडाकुँडाहरु मागेर प्रयोग गर्ने र पछि सफा सँग धोइपखाली गरेर सीतादेवी कहाँ फर्काउने गरिन्थ्यो । तर एक पटक गाउँलेहरुले सामाजिक कार्य गर्दा उनै सीतादेवीको भाँडाकुडाँहरु प्रयोग गरीरहेका र उनीहरुले अल्छी मानी सो भाँडाकुडाँ सफा नगरी जुँठो भाँडा सहित फिर्ता गरेकै कारणले सो दिनदेखि सीतादेवी अलप भएको स्थानीय बासी पदमबहादुर थापामगरले बताए ।
समय समयमा प्राकृतिक प्रकोप जस्तैःहावा हुरी,बाढी ,पहिरो, भुकम्प जस्ता महाप्रलयमा भैरवी देवीको शक्तिले गर्दा गत साल गएको महाभुकम्पमा मानव क्षति शुन्य रहेको भैरवी देवीको श्रद्घापुर्वक पुजा अर्चना गर्नाले कुनै अप्रिय घटना नघट्ने र रोगव्याधि नलाग्ने जनविश्वास रहेको स्थानीय बासी खमबहादुर थापामगरले बताए । यहाँका विशेषताहरु ः– टिम्मुर, काफल, लालिगुराँस,निगुँरो, बदेँल, कालो सुँगुर, लोकल कुखुरा, मकै, भटमास, गुन्द्रुक, बारा, फुलौरा,सुन्तला आदि गाडी चल्ने बाटो भएता पनि कच्ची उकालो भएकोले बलियो खालको फोर ह्वील पिकअप र मोटरसाइकल बाहेक बस तथा अन्य सवारी साधन जान नसक्ने रहेछ । तैपनि स्थानीय बासीहरु जोखिम मोलेर पिकअपमा जोखिमपुर्ण यात्रा गर्न बाँध्य छन् । मुख्य सड्कमार्गबाट जम्मा ११ किलोमिटर मात्र भित्र रहेको यस ठाउँमा ५ वर्ष अघि मात्र विद्युत पुगेको रहेछ ।
केहि महिना अगाडी तरकारीवाली नामले परिचित कुसुम श्रेष्ठ पनि यसै भुम्लिचोक गा.वि.स – ८ की रहिछिन् । साँच्चै तरकारीहरुको लागि उपयुक्त हावापानी यहाँ विशेषगरी, फलफुलहरु सुन्तला, मौसम, ज्यामिर, उखु,मेवा, केरा र तरकारीहरुमा काउली,बन्दागोभी,बक्कुला,केराउ,टमाटर,मास, मस्याङ्ग,सिमी,लसुन,प्याज, सागहरु, लगाएतका तरकारी यहाँका बासिन्दाहरुले उब्जाउने गर्दछन् । यहाँ अन्नहरुमा मकै, कोदो, फापर प्रशस्त पाइन्छ । उकालो र पारिलो स्थान भएको कारण धान भने त्यति उब्जनी हुदैन यस ठाउँमा बेसीमा भने प्रशस्त उब्जनी हुन्छ । बेमौसमी तरकारीहरुको लागि उपयुक्त हावापानी भएको हुनाले अत्यधिक मात्रामा उत्पादन हुन्छ । यस्तै खालका नयाँ अनुभव संगाल्दै हाम्रो यात्रा दुई दिनको भए पनि यात्रामा सहभागि सबैको मनमा यो यात्रको सम्झाना बषौ सम्म रहिरहने छ ।

Bhansar Bivag
Argakhachi Cement