फागुन २० गते सांसदहरुको शपथ ग्रहण हुने

प्रकासित मिति: १० फाल्गुन २०७४, बिहीबार ०५:३३

संघीय संसदका सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउनेछन् । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रमाणपत्रसहित उपस्थित हुन आग्रह गरेको छ ।

सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजेको समय तोकेको छ । कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा उक्त व्यवस्था रहेको र सो व्यवस्थाका लाथि तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसदका महासचिवलाई बुझाउनुपर्ने बताईउको छ ।

Bhansar Bivag
Argakhachi Cement