फिलिपिन्सका राष्ट्रपतिद्वारा देशभर अराजकता मौलाएको घोषणा

प्रकासित मिति: १९ भाद्र २०७३, आईतवार ०३:०६

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले शनिबार १४ जना नागरिकको मुत्यु हुने गरी शङ्कास्पद अबु सैयफ अतिवदी समूहदारा गराइएको विष्फोटपछि देशभर अराजकता मौलाएको बताउनुभएको छ ।

शनिबार सबेरै अज्ञात समूहद्वारा गराइएको एक बम विष्फोटमा परी १४ जनाको मृत्यु हुनका साथै ७० जना घाइते भएका थिए ।

फिलिपिन्सको दक्षिणी सहर डेभाओ, जुन राष्ट्रपतिको जन्मस्थान हो, मा भएको आक्रमणपछि अराजकता बढेको देशमा द्वन्द्वको स्थितिले विकासको गतिविधिलाई प्रभावित तुल्याउने जनाउँदै सम्बन्धित कानुनलाई सक्रिय बनाउनुपर्ने जिकिर गर्नुभएको छ ।

उहाँले नागरिकको सुरक्षाका लागि सरकारले सुरक्षा बललाई गाउँगाउँमा विस्तार गरी नागरिक शान्तिसँग बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकार सङ्कटलाई पार गर्न प्रयासरत रहेको बताउँदै मुलुकमा मौलाएको ड्रग्स कारोबार, गैरन्यायिक हत्या र कानुनहिनतालाई नियन्त्रण गररै छाड्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

उर्टेर्ते सन् २०१६ को जुनमा राष्ट्रपतिका रुपमा नियुक्त भएपछि देशमा व्याप्त लागुऔषध कारोबारीविरुद्धके अभियान सुरु गर्नुभएको छ ।

शनिबार भएको आक्रमणको अबु सैयफ समूहका प्रवक्ता अवुरायले जिम्मेवारी एक विज्ञप्ति जारी गरी लिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement