फेरि जित : मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित

प्रकासित मिति: ९ जेष्ठ २०७६, बिहीबार १५:३८

भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी फेरि सत्तामा आएको छ । १७ औं लोकसभा निर्वाचनको बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टी र उसको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले स्पष्ट बहुमत ल्याउने देखिएको हो । लोकसभाका ५४३ सिट मध्ये ५४२ सिटका लागि चुनाव भएको थियो । मतगणनाको पछिल्लो नतिजाअनुसार एनडीएले ३५० सिटमा अग्रता कायम गरेको छ । बुहमतका लागि २७२ सिट आवश्यक पर्छ । यद्यपी केही स्थानमा सो गठबन्धनका उम्मेदवारहरु विजयी भइसकेको भए पनि भारतीय निर्वाचन आयोगले औपचारिक रुपमा मतपरिणाम घोषणा गरेको छैन । प्रधानमन्त्री मोदी दोस्रो पटक उत्तर प्रदेशको वारणासी निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट विजयी भएका छन् ।

Bhansar Bivag
Argakhachi Cement