फेरी नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकासित मिति: २६ असार २०७५, मंगलवार ०१:५१

चितवन । पहिरोले नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको उनले बताए । ‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले भने, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न दिनभर लाग्न सक्छ । नारायणगढ(मुग्लिन सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुहरु १० घण्टासम्म जाममा बस्न बाध्य छन् ।

Bhansar Bivag
Argakhachi Cement