फोरम राजपा गठबन्धन टुटदै

प्रकासित मिति: १५ फाल्गुन २०७४, मंगलवार ०३:१०

काठमाण्डौं । प्रदेश २ मा सरकारले पूर्णता नपाउँदै संघीय समाजवादी फोरम र राजपा गठबन्धन धर्मराउन थालेको छ । संघीय फोरम केन्द्र सरकारमा सहभागी हुन लागेपछि प्रदेशमा राजपासँगको गठबन्धन समस्यामा परेको हो ।

राजपा नेताले फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा गए प्रदेश २ मा सरकार छाड्न सक्ने संकेत गरेका छन् ।

राजपा अध्यक्ष मण्डलसदस्य राजेन्द्र महतोले फोरम केन्द्र सरकारमा गए आफूहरुले प्रदेशमा समर्थन फिर्ता लिन सक्ने जनाउ दिएका छन् यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ । समाचारमा उल्लेख छ ।

Bhansar Bivag
Argakhachi Cement