फोरम सरकारमा सहभागि हुदै आजै मन्त्रिपरिषद बिस्तारको तयारी

प्रकासित मिति: २ चैत्र २०७४, शुक्रबार ०३:०९

मन्त्रालयको संख्या थप्ने विषयमा छलफल

 

काठमाडौं । भखरै संघिय संसदबाट दुईतिहाई मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको छ । तर मन्त्रालयको टुंगो लागिसकेको छैन । फोरमले तीनवटा मन्त्रालय दावी गरे पनि दुईवटा पाउने सम्भावना छ ।

फोरम नेतृ रेणु कुमारी यादवका अनुसार ‘सरकारमा जाने निर्णय त पार्टीले गरिसक्यो तर, कहिले जाने, कोको जाने भन्ने कुरा टुंगो लागिसकेको छैन ।’राजपालाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहे पनि राजपाले भने निर्णय गरिसकेको छैन ।

गत फागुन ३ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए । हाल ओली नेतृत्वको मन्त्रिपरिषद सात सदस्यीय छ । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ । तर, बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयको संख्या थप्ने विषयमा छलफल पनि भएको थियो ।

ओलीले फोरमसँगै एमाले, माओवादीबाट पनि मन्त्री थप्दै सरकारलाई पूर्णता दिने तयारी गरेको नेताहरुले बताएका छन् ।

Bhansar Bivag
Argakhachi Cement