काठमाडौं फागुन ६ । जताततै फोहर गर्ने प्रबृति बढन थालेको तथा फोहर सफा गर्ने अभियान पनि चलिरेहेको बेला निर्माण नेपाल नामक संस्थाले भने सफा गर्ने होईन फोहर नै नगर्ने अभियान संञ्चालन गर्ने भएको छ ।
बुढानिलकष्ठ नगरपालिका बडा नं १२लाई केन्द्रमा राखी संस्थाले यहि शनिबारबाट कपनको आकाशेधाराबाट फोहर नगर्ने अभियान शुरु गर्न लागेको संस्थाका अध्यक्ष अनामिक अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार शनिबार बिहान ७.३० बाट शुरु हुने अभियानमा कपन आकाशेधारा क्षेत्रका बुद्धिजीबी, शिक्षक ,बिधार्थी, समाजसेवी लगायत सरकारका स्थानीय निकायका प्रतिनिधीहरुको पनि सहभागिता रहने जानकारी दिईन् ।
यस अधिपनि संस्थाकी अध्यक्ष अधिकारीको पहलमा घरबाट निस्कने फोहरलाई घरमै ब्यबस्थापन तथा घरको छतमा तरकारी फलाउने अभियानले सफलता पाईसकेको छ ।