११ फागुन, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ । नेपाल निबास कोटेश्वरमा भएको भेटमा सरकारले निर्बाचनको मिति घोषणा गरे पश्चात सृजित अबस्थाको बारेमा छलफल भएको छ ।
संबिधान संशोधनको प्रस्तावको सम्बन्धमा प्रतिपक्षी ९ दलले राखेको अडान कायम राख्दै निर्बाचनमा सबै दल सहभागी हुने बाताबरण बनाउने बारे पनि कुरा भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । सरकारले निर्बाचनको मिति घोषणा गरेपछि पूर्व मन्त्री समेत रेका ढकालले विभिन्न राजनैतिक दलका नेताहरु संगको छलफललाई तिब्रता दिएका छन् । यस अधि ढकालले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई भेट गरेका थिए ।