बदलिदो राजनितिक परिवेश

प्रकासित मिति: २७ श्रावण २०७४, शुक्रबार १२:०१


प्रदिप कंडेल

वैकल्पिक राजनितिक दलको  उदयको प्रशङ्गका विषयमा कुरा गर्दा विश्व मानचित्रमा छोटो समयमा धेरै परिवर्तन देखिन्छ । पछिल्ला केहि धटनाक्रमलाई हेर्दा जनता परिवर्तन  चाहान्छन । सायद पुराना राजनितिक दलले उनिहरुको माग सम्बोधन गर्न नसकेर होला, वैकल्पिक राजनितिक दलको उदयलाई जनताले आत्मसाथ गर्दै अगाडि बढ्दै छन । नया नया अनुहार राजनितिमा आउन प्रेरित गर्दैछन । नया अनुहारबाट नतिजा मुलक कार्य प्रणाली आशा गर्दैछन जुन पुरानाले पछिल्लो समयमा देखउन सकेनन् ।

पुराना राजनितिक दलले राजितिकि ब्यबस्था त परिवर्तन गराए तर त्यसलाई सस्थागत गर्नु भन्दा आफु र आफु निकटलाई सस्थागत गर्न तिर लागे । बाटो बिराएकालाई सम्झाउन हो या यिनिहरु प्रति आशा नभएर हो, जनता बैकल्पिक राजितिक दललाई महत्वका  साथ हेरिरहेका छन्।

छिमेकी भारतमा आम आद्मि पार्टीको उदय, अमेरिकामा ट्रम्पको जित अनि फ्रान्समा ईमानियलको पार्टिको जित । विश्व परिवेस नै यसरी जादैगर्दा नेपाल पनि अछतो रहन साकेन्। वैकल्पिक दलको सुचि दैनिक बढ्दो छ । दक्षिणापन्थि र वामपन्थि बिचको सत्ता समिकरणलाइ पनि फरक धारको रुपमा लिन सकिन्छ ।

हाम्रो राजनितिक इतिहासमा पछिल्लो समयमा देखा परेका केहि नया दलहरुले स्थानिय चुनावमा गरेको उपलब्दिले जनता परिवर्तनका लागि तयार रहेको आभाष गराउछ । अझै पनि पुराना दलहरुले आफुलाइ नसुधारे बिस्तारै विलउदै जाने र नया दलले आफुलाई  जनभवना अनुसार सस्थागत गर्न नसके नेपाल गम्बिर दुर्घटना नपर्ला भन्न सकिन्न ।

 

Bhansar Bivag
Argakhachi Cement