Flash News मनोरंजन 

बाटो–बाटो कान्छी भनेर कराउदै हिडन थाले रियाज

काठमाण्डौ , उदयपुरका उदायमान मोडल रियाज आचार्यलाई अहिले उनको कान्छीबाट धोका भएको छ । र उनि बाटो–बाटो कान्छी भनेर कराउदै हिडन थालेका छन ।

गायक अशोक सिवाको गीत “ए कान्छि” को भिडियोको यस कथामा मोडल सारा शिर्पालीलाई निर्देशक करण श्रोष्ठ संग देखेपछि रियाजले यस्तो हत्कण्डा अपनाएका हुन । यस म्युजिक भिडियो दसैंकै अवसरमा सार्वजनीक गरिएको हो ।

सार्वजनिक गीतमा अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको छ । भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो । भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायत अभिनय रहेको छ ।

मोफसलबाट गीत संगीत तथा म्युजिक भिडियो बन्ने क्रमको निरञ्तरता संगै यस गीत र म्युजिक भिडियोले पनि मिडियामा प्रसस्त स्थान पाउन थालेको छ ।

Related posts

Leave a Comment