काठमाण्डौ । युवा पुस्ताका चर्चित गायक तथा संगितकार राज सागर बाटो सफा गदै गर्दा भेटिएका छन् । प्राय जस्तो गित रेकडिङमा भेटिने उनी गत साता जिल्ला समन्वय समितको परिसरमा फोेहर बटुल्दै गर्दा भेटिए । उनलाई साथ दिएकी थिइन गायिका अन्जु श्रेष्ठले ।
तर यो अवसर जुराई दिएको थियो आर्टं अफ लिभिङको हयापिनेस कार्यक्रमले । जसले गत साता काठमाण्डौको जिल्ला समन्वय समितिको हलमा जीवन जीउने कला र खुशीहरुबार एक हप्ता लामो प्रशिक्षण लिएका थिए । तनाव र हिसाँ मुक्त समाज निर्माणका लागि भारतका प्रशिद्ध आध्यात्तिमक नेता धर्मगुरु श्री रबिशंकरले शुरु गरेको अभियानमा गायक राज सागर पनि सहभागी थिए । अभियानले मानबीय जिवनको महत्वको सन्देश प्रबाह गरेकोले अभियानमा लागेको बताए ।