बाढीपीडितलाई उचित प्रबन्ध मिलाउन परिवार दलको आग्रह

प्रकासित मिति: १८ असार २०७४, आईतवार १३:४९

काठमाडौँ, १८ असार । नेपाल परिवार दलले शुक्रबार आएको अविरल वर्षाका कारण सप्तरीबाट विस्थापित भएका बाढीपीडितको तत्काल उद्धार गरी बसोबासको प्रबन्ध मिलाउन माग गरेको छ ।

दलका  प्रवत्ता सन्तोष कुमार पौडेलले आईतबार विज्ञप्ति जारी गरी सप्तरीको विभिन्न स्थानमा बाढीबाट भएको डुबान, कटान र मानवीय तथा भौतिक क्षतिबाट पार्टी दुःखी भएको भन्दै पीडितका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न पनि माग गरेका छन् ।

हरेक वर्ष जस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीनरुपमा ध्यान पु¥याउनुपर्छ, विज्ञप्तिमा भनिएको छ – “वस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पु¥याउने सम्भावित खोलामा उचित तटबन्ध गरेर सुरक्षित बनाउन सक्नुपर्छ ।”

प्रवता पौडेलले तराई–मधेसका बाढीपीडित वस्तीको पहिचान गरी दीर्घकालीन योजनाका साथ काम गर्न सरकारसँग माग गर्दै बाढीपीडितको उद्धार र राहतमा सक्दो सहयोग गर्न पार्टीकार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement