बाढीपीडितलाई उचित राहतको प्रबन्ध मिलाउन परिवार दलको आग्रह

प्रकासित मिति: २८ श्रावण २०७४, शनिबार १४:५३

साउन २८ काठमाडौँ । नेपाल परिवार दलले लगातारको अविरल वर्षाका कारण तराई मधेसमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित दुःख ब्यक्त गदै विस्थापित भएका बाढीपीडितको तत्काल उद्धार गरी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
दलका प्रवत्ता सन्तोष कुमार पौडेलले शनिबार विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बाढीबाट भएको डुबान, कटान र मानवीय तथा भौतिक क्षतिबाट पार्टी दुःखी भएको भन्दै पीडितका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न तथा निःशुल्क उपचारको ब्यबस्था गर्न पनि माग गरेका छन् । प्रवता पौडेलले तराई–मधेस र पहाडका बाढीपीडितको उद्धार र राहतमा सक्दो सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।

Bhansar Bivag
Argakhachi Cement