बाढीपीडितलाई परिवार दलको ५ लाख राहत

प्रकासित मिति: ५ भाद्र २०७४, सोमबार १४:२५

काठमाडौँ । नेपाल परिवार दल केन्द्रिय कार्यसमितिको बैठक सोमबार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले बाढीका कारण मृत्युहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राहत स्वरुप केन्द्रीय समितिको तर्फबाट ५ लाख उपलब्ध गराउने निर्णयसमेत गरेको छ । बैठकले पहाडी जिल्लामा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तराईका विभिन्न क्षेत्रमा राहत तथा उद्धारको लागि खटाउने निर्णय पनि गरेको छ ।
साथै बैठकले बाढी पहिरोका कारण घाइते भएकाहरुको तुरुन्त उपचार गर्न सरकारसँग माग गरेको छ । बैठकले सरकारले संसदमा पेश गरेको विधयकको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement