बाढीपीडितलाई परिवार दलको राहत

प्रकासित मिति: १२ भाद्र २०७४, सोमबार ०५:०९

काठमाण्डौं । नेपाली राजनीतिकमा साना दलहरुमध्ये छुटै पहिचान बनाएको नेपाल परिवार दलले देशका बिभिन्न स्थानका बाढिपीडित परिवारलाई राहत बितरण गर्ने अभियान लिएर बाढीप्रभाबित क्षेत्रमा पुगेको छ ।
परिवार दलका महामन्त्री बिनोद डाँगीको नेतृत्वमा गएको टोलीले सुनसरी र मोरङ्गका विभिन्न स्थानमा पुगेर राहत वितरण गरेको छ । बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट ,झुल र खाद्यान्न लगायतको राहत सामाग्री वितरण गरेको हो । सुनसरी जिल्लाको देवानगन्ज गाउपालिका ७ चिमोरीयका बाढिप्रभाबित २०० परिवारलाई शुक्रबार राहत प्रदान गरीएको परिवार दल सुनसरीका अध्यक्ष पुस्कर थापाले जानकारी दिए ।
वितरणपछि महामन्त्री डाँगीले जनतालाई परेको दुःखमा साथ दिन दलले सकेको सहयोग लिएर जनताको घरसम्म पुगेको बताए । उनले जनताको हरेक दुःख र सुखमा परिवार दलको साथ रहने बताए ।
डाँगीको नेतृत्वमा दलका केन्द्रीय सदस्य तिर्थ राज घिमिरे, अशोक चौधरी, राम लिम्बु लगायतका नेताहरुले मोरङ्ग र सुनसरीका बिभिन्न ठाउँमा ५०० भन्दा बढी बाडिपिडीतलाई राहत वितरण गरेको परिवार दलले जनाएको छ । यस्तै दलले बारा, पर्सा, सप्तरी लगायतका जिल्लाका बाढिपिडितको लागि राहत बितरण गर्न दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठ र लक्ष्मी प्रशाद भण्डारीको टोलीले राहत वितरण गरेको छ । यस्तै दलका केन्द्रीय सदस्य शिब कृष्ण श्रेष्ठको नेतृत्वमा सिराह र सप्तरीका २०० बाढीपिडित परिवारलाई राहत बितरण गरिएको थियो ।

बाढी गए लगतै दलकी कोषाध्यक्ष एवम् सांसद मिलन कुमारी राजबंशीले बाढीप्रभाबित झापा, मोरङ्ग, सुनसरी लगायतको जिल्लाको अवलोकन भ्रमण गरेकी थिईन् । उनले झापा भद्रपुर नगरपालिका, मोरङ्गको बिराटनगर नगरपालिका ,सुनसरीको इटहरी उपमहानगरपालिकाका बाढीप्रभावित वडाहरुको अवलोकन गदै उपयुक्त राहतको प्रबन्ध मिलाउन सम्बन्धीत निकायलाई आग्रह गरेकी थिईन । सांसद राजबंशीले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भेटगरी राहत वितरण के कसो भईरहेको छ भन्ने पनि जानकारी लिएकी थिईन् ।
यसैबीच नेपाल परिवार दल केन्द्रिय कार्यसमितिको सोमबारको बैठकले बाढीका कारण मृत्युभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राहत स्वरुप केन्द्रीय समितिको तर्फबाट ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले पहाडी जिल्लामा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तराईका विभिन्न क्षेत्रमा राहत तथा उद्धारको लागि खटाउने निर्णय पनि गरेको छ । बैठकले बाढी पहिरोका कारण घाइते भएकाहरुको तुरुन्त उपचार गर्न सरकारसँग माग गरेको छ ।
अझैपनि बाढीपीडितले भोकभोकै पालमुनि जाग्रम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको भएपनि अधिकाँस बाढीपिडितको घरमा पुगेको छ्रैन ।
बाढीपिडीत क्षेत्रको स्थलगत अनुगमन पछि परिवार दलकी सांसद मिलन कुमारी राजबंशीले यस्तो बताईन् । उनका अनुसार यसबारे सरकार र संसदमा कुरा उठाउने उनले जानकारी दिईन् । परिवार दलले यस अधिपनि भूकम्प प्रभाबितहरुको लागि देशब्यापी रुपमै राहतको अभियान चलाएको थियो ।

बाढीबाट १५७ मृत्यु
गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको संख्या १५७ र बेपत्ता हुनेका संख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६÷६ तथा मकवानपुर र चितवन पाँच÷पाँच जना रहेको छ ।
यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । एक लाख ४८१ जना बाढी पहिरोका कारण विस्थापित भएका छन् भने अर्वौको क्षति भएको छ ।

Bhansar Bivag
Argakhachi Cement