बाढी पहिरोमा मृत्यु हुनेको संख्या ९१

प्रकासित मिति: ३१ श्रावण २०७४, मंगलवार ०२:०६

काठमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुगेको गृहमन्त्रालयले जनाएको छ । २५ जना घाइते र ३८ जना वेपत्ता छन् ।बाढी पहिरो र डुबानबाट २ हजार ८ सय ४७ घरहरु पूर्णरुपमा क्षति भएका छन् । क्षति भएका अरु बिभिन्न पूर्वाधारहरुको संख्या ३७ सय २७ रहेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको खोज तथा उद्धार गरी राहत प्रदान गर्ने कार्यलाई सरकारले तिव्रता दिएको छ । त्यसका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरिएको गृहमन्त्रालयको दाबी छ ।

Bhansar Bivag
Argakhachi Cement