बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३०

प्रकासित मिति: २८ श्रावण २०७४, शनिबार १५:०८

शुक्रबार बिहानदेखिको अभिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी र पहिरोमा परी १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनाको ज्यान गएको छ ।बाढी र पहिरोका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांके जिल्लाहरुका विभिन्न स्थानहरुमा बढी क्षति पुगेको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ । यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गृह मन्त्रलयले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement