बानियाँको निधनप्रति नेपाल परिवार दलद्धारा दुःख व्यक्त

प्रकासित मिति: १० पुष २०७४, सोमबार ०९:३२

काठमाण्डौ पुस १० । नेपाल परिवार दलले नेपाली काँग्रेसले मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँको बुबा खेमबहादुर बानियाँको निधनप्रति दुःख व्यक्त गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले विज्ञप्ति जारी गरी बानियाँका पिता ७९ वर्षीय खेमबहादुर बानियाँको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति पाटी दुःखी भएको बताए ।

स्व बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । अध्यक्ष ढकालले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उनको शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

स्व बानियाँको अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । जहाँ अन्तीम श्रद्धाञ्जलि दिन परिवार दलका अध्यक्ष एकनाथ ढकाल महामन्त्री बिनोद डाँगी कोषाध्यक्ष मिलन कुमारी राजबंशी, प्रवता सन्तोष कुमार पौडेल केन्द्रीय सदस्य मनोज कुमार सुखेर्ती लगायतका नेता पशुपति आर्यघाट पुगेका थिए । अध्यक्ष ढकालले बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति पार्टीको तर्फबाट समवेदना प्रकट गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement