काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाम गठबन्धनलाई जिताउन परिवार दलले खेलेको भूमिका महत्वपूणै रहेको बताउनु भएको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र एमाले अध्यक्ष ओली बीच ओली निवास बालकोटमा भएको भेटमा यस्तो कुरा बताएको भेटमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।
दुई नेताको भेटमा अध्यक्ष ढकालले वाम प्रगतिशील गठबन्धनको कुशल नेतृत्व प्रदान गर्नु भयकोमा नेता ओलीलाइ धन्यवाद तथा बधाई दिए । पूर्व मन्त्रि समेत रहेका ढकालले नेता ओलीको नेतृत्वमा अब मुलुक स्थायी शान्ति, सामाजिक सदभाब, शुशासन र आर्थिक संमृद्धिको बाटोमा अग्रसर हुने बिश्वाश ब्यक्त गरेका छन् । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका महासचिब इश्वर पोखरेल संग पनि भेट गरेका छन् । पोखरेल निवासमा भएको भेटमा दुइ नेताहरुबीच शुभकामना तथा बधाई आदान प्रदान गर्नुका साथै अन्य समसामयिक बिषयमा कुराकानी भएको परिवार दलका काठमाडौँ जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिए । महासचिब पोखरेल काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ५ वाट प्रतिनिधि सभामा निर्बा्चित हुनुभएको छ भने नेता ढकाल सुर्य चिन्ह वाट समानुपातिक उम्मेदवार समेत हुनुहुन्छ । भेटमा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा र कासीनाथ खनालको समेत सहभागिता रहेको थियो ।