बाम गठबन्धन तीन जिल्लामा ‘शुन्य’

प्रकासित मिति: २५ मंसिर २०७४, सोमबार ०३:३३

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् ।

देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ ।

हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ ।

सप्तरीमा निल
सप्तरी जिल्लामा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यस जिल्लामा फोरमले २ तथा राजपा र नेपाली काँग्रेसले एक एक सिट जितेको छ ।

सिरहा
सिरहामा मिश्रित नतिजा देखिएको छ । ४ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एकमा एमाले र एकमा राजपा विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा नेपाली काङ्ग्रेस र एकमा माओवादीको अग्रता रहेको छ ।

धनुषा
यहाँ भने बाम गठबन्धनको स्थिति राम्रो छ । धनुषामा चार मध्ये एकमा राजापा र एकमा फोरम विजयी भएको छ । बाँकी दुई स्थानमध्ये एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

महोत्तरी
महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेको छ । यसमध्ये एकमा माओवादी र एकमा राजपा विजयी भएको छ । बाँकी क्षेत्रमा राजपा र फोरमको अग्रता रहेको छ ।

सर्लाही
सर्लाहीमा हालसम्म एक सिटमा राजपा विजयी भएको छ । बाँकी २ सिटमा राजपा र एकमा माओवादी अगाडि छ ।

रौतहट
रौतहटमा मिश्रित नतिजा आएको छ । चार सिटमध्ये दुईमा काँग्रेस, एकमा माओवादी र एकमा राजपा विजयी भएको छ ।

बारामा पनि गठबन्धन निल
बाराका चार निर्वाचन क्षेत्रमा बाम गठबन्धनले एक पनि सिट जित्न सकेन । यहाँ दुईमा फोरम र एक–एक सिटमा काँग्रेस र राजपा विजयी बनेको छ ।

पर्सा पनि रिङआउट
पर्सामा पनि बाम गठबन्धन निल बन्ने सम्भावना छ । चार क्षेत्रमध्ये एकमा फोरम विजयी भएको छ भने दुईमा अग्रता बनाइरहेको छ । एक क्षेत्रमा काङ्ग्रेस अघि रहेको छ ।

Bhansar Bivag
Argakhachi Cement