‘बाम प्रगतिशिल बन्धनमा आवद्ध दलको संसदमा प्रतिनिधीत्व हुनुपर्छ’

प्रकासित मिति: १२ पुष २०७४, बुधबार १०:५८

बिष्णु ‘निश्चल’
काठमाण्डौं । बाम प्रगतिशिल गठबन्धन बन्दा दुई ठुला दल नेकपा एमाले र माओबादी केन्द्रमात्र नभई अन्य केही साना दललाई पनि सहभागि गराएर गठबन्धन बनेको भन्दै गठबन्धनमा आवद्ध सबै दलको संसदमा प्रतिनिधित्व सूनिश्चता गराउनको लागि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई दवाब परेको छ ।
नेकपा एमालेसँग परिवार दलले चुनाबी तालमेल गरेर देशब्यापी चुनाबी अभियानमा होमिएको थियो भने परिवार दल सँगै मधेश समाता पाटी ,चुरे भावर राष्ट्रिय पार्टी लगायत दल पनि गठबन्धनमा सहभागी थिए । ती दलले एमालेको चूनाब चिन्ह सुर्य लिएर चुनाबमा होमिएका थिए ।
उता माओबादी केन्द्रमा नेकपा सयुक्त र समाजबादी जनता पाटी, जनजागरण पाटी लगायत सहभागिता थियो भने राष्ट्रिय जनमोर्चाले समेत परिवार दल जस्तै गरी बाम प्रगतिशिल गठबन्धन सँग तालमेल गरेको थियो ।
बाम प्रगतिशिल गठबन्धनमा तालमेल गरेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभामा प्युठानबाट र बाग्लुङबाट प्रदेशसभामा प्रतिनिधीत्व गरिसकेको छ भने समाजबादी जनता पार्टीको तर्फबाट प्रेम बहादुर सिँहले प्रतिनिधीसभामा पर्ने लगभग निश्चित भएको छ ।
दोस्रो सबिधान सभाबाट १७ ठूलो दल बनेको नेपाल परिवार दलले पनि बाम प्रगतिशिल गठबन्धनका उम्मेदबारहरुको पक्षमा देशब्यापी रुपमा अभियान नै संञ्चालन गरेर चुनाबमा होमिएको थियो । परिवार दलको साथ र समर्थनबाट आधा दर्जन प्रनिनिधी सभा तथा १५ भन्दा बढी स्थानका प्रदेश सभामा गठबन्धनका उम्मेदबार बिजयी भएको थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग तीन बुर्दे सहमति गरी गठबन्धनमा सहभागी जनाएको परिवार दलले सहमतिको २ नं बुद्धाँमा परिवार दलको पनि संसदमा प्रतिनिधीत्व गराउने सहमति गरेको थिए ।
परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि एमालेको समानुपातिक उम्मेदबार हुन । परिवार दल समर्थनबाट एमालेलाई एकलाख मत थपिएको भन्दै परिवार दलले प्रतिनिधी सभामा परिवार दलको प्रतिनिधित्व सूनिश्चता गराउन गठबन्धनका नेताहरुलाई आग्रह गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement