दिल्ली । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बाम प्रगतिशील गठबन्धन बहुमत नेपालीको आशा र भरोसा रहेको बताउनु भएको छ । दुइ दिने भारत भ्रमणमा रहनु भएका ढकालले भारतका सांसदहरु तथा कुटनीतिकज्ञहरु संग छलफलमा उक्त कुरा बताउनु भएको हो । ढकालले ९०५ जनप्रतिनिधिहरुले निर्माण गरेको संविधानले परिकल्पना गरेको समाज निर्माणमा नेतृत्व प्रदान गर्नु उक्त गठबन्धनको लक्ष्य रहेको जिकिर गरे । ढकालले अहिले नेपालमा नाग्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको छ भन्दै बामगठबन्धनले कम्युनिष्ट शासन ल्याउने भन्ने भ्रमको खण्डन गर्दै उक्त गठबन्धन देशभक्त, बामपन्थी र लोकतान्त्रिक शक्तिहरुको साझा प्रगतिशील गठबन्धन रहेको स्पष्ट पार्नु भयो
छलफलमा नेपालमा पछिल्लो पटक भएको राजनीतिक विकासक्रम र चुनाबी गठबन्धनको बारेमा भारतीय नेताहरुले पूर्वमन्त्रि ढकालसंग जिज्ञासा राखेका थिए । छलफलमा बिजेपीका संसद आर रामाकृष्ण, कांग्रेश सांसद भुवनेश्वर कालिता, पूर्वराजदुत केभी राजन लगायतको उपस्थिति रहेको थियो । एमालेसंग तिन बुदे सहमति गरेर प्रगतिशील गठबन्धनमा समाबेश भएका ढकालले तिब्र आर्थिक विकास र स्थायित्वको लागि नेपालका राजनैतिक दलहरु संगठित भएर चुनाबी गठबन्धन गरेको बताउदै आँफु संलग्न गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गरे । अध्यक्ष ढकालले प्रगतिशील गठबन्धनले दुइ छिमेकी मित्र राष्ट्र संग सुमधुर सम्बन्ध कायम राखी एक अर्काका चासो सम्बोधन गर्ने उल्लेख गर्नु भएको परिवार दल भारतका प्रतिनिधि कृष्ण अधिकारिले बताए । पूर्वमन्त्रि ढकालले दिल्ली स्थित संबिधान क्लबमा आयोजित बिशेष कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । अध्यक्ष ढकाल यहि सोमबार(आज )नेपाल फर्कदै छन् ।