बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक

प्रकासित मिति: २५ पुष २०७४, मंगलवार १०:२८

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सुरु भएको छ। पार्टी एकताको उद्घोषसहित चुनावी तालमेल गरेका यी दुई दलबीच निर्वाचनपछि पार्टी एकताको विषयमा छलफल गर्न औपचारिक बसेको हो। नेकपा एमाले माओवादी केन्द्रले राष्ट्रिय सभागृहमा सरप्राइज शैलीमा आसोज १७ गते वाम गठबन्धन सहित पार्टी एकता गर्ने उद्घोष गरेका थिए। एमालेबाट अध्यक्ष केपी शर्मा ओलीका अलवा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका अलावा महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन्।माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन्।

Bhansar Bivag
Argakhachi Cement