बाल अधिकार

प्रकासित मिति: २९ बैशाख २०७६, आईतवार १३:१७

मेरो हत्या र हिंसा नगर भनेर गुहार
लगाउँदै गरेका ती कलिला मुहारहरूको तिमी सम्मान गर
ती कलिला बालकका ठुला ठुला सपनालाई तिमी आरधना गर
म फेरि भन्छु, म बालक हुँ, तिमी मलाई माया गर
म देशलाई प्रयोगशाला बनाउनेछु तर
हे, नेपाली तिमी मलाई ढुङ्गा बोक्ने प्रयोगकर्ता नबनाऊ
मेरो छोटो खबर ती नेताहरूलाई पद र प्रतिष्ठाको लागि,
दुई चार पैसाको लागि, घर घरेडीको लागि
तिमी मेरो अधिकार हनन् नगर है
म देशको भविष्य सिँगारिदिनेछु
तर तिमी मेरो बाल अधिकार खोसी,
मेरो भविष्य नबिगारिदेऊ
बलात्कार र हत्याका बिचमा मिचिएका
निर्मला पन्तका गुहारहरू फेरि नमिचिदेऊ
अब,उनी त रहिनन् तर उनी
जस्ता कयौँ बालिकाको गुहार फेरि नकिचिदेऊ
हे गोर्खाली तिमी मलाई सीमा पारिका दुस्मनको शिना हैन,
सीमा भित्रका देशद्रोहीको शिना चिरेर देऊ
हे नेपाली मलाई स्वतन्त्र बाँच्ने, खेल्ने र हाँस्ने शिक्षा देऊ
हे नेपाली, तिमी मलाई मेरै बाल अधिकारको भिक्षा देऊ ।।

सजनी शर्मा, कक्षा १०,
पिसजोन एकेडेमी पोखरा ८, सिमलचौर ।

Bhansar Bivag
Argakhachi Cement