काठमाडौं । पहिलो घण्टी सकिएको सन्देश दिन आया दिदीले घण्टी बजाइन् । विद्यार्थीको जिज्ञासा मेटाइरहेका हरि सरले झ्याल ढोकातिर पुलुक्क हेरे । उनको आँंखाले कसैलाई खोजिरहेको भान हुन्थ्यो । निमेषभरमा उनका विद्यार्थी मनोज कक्षा कोठाभित्र पसे । हविलचियरमा बसेका शिक्षक हरि थापालाई दोस्रो घन्टीका लागि उनले कक्षा दुईमा पु्¥याए ।
विद्यालयभित्र मात्रै होइन, घरदेखि विद्यालय ल्याउने र कक्षा सकिएपछि घर पु¥याउने काम पनि मनोज र उनका साथीले नै गर्छन् । विद्यालय बाहिरका काममा पनि विद्यार्थीले नै सहयोग गर्छन् हरि सरलाई आउजाउ गर्न । ३२ वर्षका हरि थापाले ह्विलचियरलाई नजिकको साथी बनाएको ९ वर्ष भैसकेको छ । विद्यार्थी भने उनको आत्मीय साथी बनेका छन् । ‘सरलाई बगैंचामा घुमाउन लगेको सपना देख्छु’ कक्षा सातका विद्यार्थी गोपालले केही दिन अघि आफुले सपनामा देखेको कुरा सुनाए । हरि सरका अर्का सहयोगी विद्यार्थी पेमा छिरिङले तिखो स्वरमा जवाफ फर्काए, ‘हामीलाई बाबा मामुले यस्तै सिकाउनु भएको छ, नसक्ने मान्छेलाई सहयोग गर्नु पर्छ ।’
हरि सर विद्यार्थीलाई किताबका अक्षर पढाउँंछन् । तर विद्यार्थीबाट भने उनले जीवन पढेका छन् । सहयोग र सद्भावको संस्कृति सिकेका छन् । सद्भाव र सहयोगी व्यवहार विश्वको कुनै विश्वविद्यालयमा पढ्न नपाइने उनको बुझाई छ । उनी ललितपुरको सुनाकोठीस्थित मोतिविनायक निम्न माध्यमिक विद्यालयमा पढाउँछन् । महिलाले मात्रै चलाएको यो विद्यालयको हरिसर एक्लो पुरुष शिक्षक हुन् ।
विद्यार्थीले उनलाई सहयोग मात्रै गरेका छैनन् । प्रेरणासमेत दिएका छन् । ‘उनीहरुको प्रेरणाले केही गर्न घच्घचाउँंछ, सहयोग शक्तिमा बदलिन्छ’ ह्वीलचियरमा बसेर कापी जाँचिरहेका हरि सरले भने । उनले कक्षा १ र २ लाई अंग्रेजी र सामाजिक शिक्षा पढाउँंछन् । लेख्न पर्दा विद्यार्थीको सहयोगमा ह्विलचियर घुमाउँंछन् र बोर्डतिर फर्कन्छन् । विद्यालय काठमाडौं । पहिलो घण्टी सकिएको सन्देश दिन आया दिदीले घण्टी बजाइन् । विद्यार्थीको जिज्ञासा मेटाइरहेका हरि सरले झ्याल ढोकातिर पुलुक्क हेरे । उनको आँंखाले कसैलाई खोजिरहेको भान हुन्थ्यो । निमेषभरमा उनका विद्यार्थी मनोज कक्षा कोठाभित्र पसे । हविलचियरमा बसेका शिक्षक हरि थापालाई दोस्रो घन्टीका लागि उनले कक्षा दुईमा पु्¥याए ।
विद्यालयभित्र मात्रै होइन, घरदेखि विद्यालय ल्याउने र कक्षा सकिएपछि घर पु¥याउने काम पनि मनोज र उनका साथीले नै गर्छन् । विद्यालय बाहिरका काममा पनि विद्यार्थीले नै सहयोग गर्छन् हरि सरलाई आउजाउ गर्न । ३२ वर्षका हरि थापाले ह्विलचियरलाई नजिकको साथी बनाएको ९ वर्ष भैसकेको छ । विद्यार्थी भने उनको आत्मीय साथी बनेका छन् । ‘सरलाई बगैंचामा घुमाउन लगेको सपना देख्छु’ कक्षा सातका विद्यार्थी गोपालले केही दिन अघि आफुले सपनामा देखेको कुरा सुनाए । हरि सरका अर्का सहयोगी विद्यार्थी पेमा छिरिङले तिखो स्वरमा जवाफ फर्काए, ‘हामीलाई बाबा मामुले यस्तै सिकाउनु भएको छ, नसक्ने मान्छेलाई सहयोग गर्नु पर्छ ।’
हरि सर विद्यार्थीलाई किताबका अक्षर पढाउँंछन् । तर विद्यार्थीबाट भने उनले जीवन पढेका छन् । सहयोग र सद्भावको संस्कृति सिकेका छन् । सद्भाव र सहयोगी व्यवहार विश्वको कुनै विश्वविद्यालयमा पढ्न नपाइने उनको बुझाई छ । उनी ललितपुरको सुनाकोठीस्थित मोतिविनायक निम्न माध्यमिक विद्यालयमा पढाउँछन् । महिलाले मात्रै चलाएको यो विद्यालयको हरिसर एक्लो पुरुष शिक्षक हुन् ।
विद्यार्थीले उनलाई सहयोग मात्रै गरेका छैनन् । प्रेरणासमेत दिएका छन् । ‘उनीहरुको प्रेरणाले केही गर्न घच्घचाउँंछ, सहयोग शक्तिमा बदलिन्छ’ ह्वीलचियरमा बसेर कापी जाँचिरहेका हरि सरले भने । उनले कक्षा १ र २ लाई अंग्रेजी र सामाजिक शिक्षा पढाउँंछन् । लेख्न पर्दा विद्यार्थीको सहयोगमा ह्विलचियर घुमाउँंछन् र बोर्डतिर फर्कन्छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार छ वर्ष अघि हरिसर निजी स्रोतमा यो विद्यालयमा नियुक्त भएका हुन । अपांगता भएकाको हकहितमा लाग्नका लागि उनी संघ संस्थामा समेत आबद्ध छन् । अपांग जिल्ला समन्वय समिति ललितपुरका उपाध्यक्ष हुन् । पढाइ ,लगनशीलता र प्रेरणा नै अपांगतासित लड्ने दह्रो आधार भएको अनुभव संगालेका छन् । नपढेको भए कोठाभित्रै कुजिएको अवस्थामा हुने कल्पना गर्छन् उनी ।
जन्मेको १६ महिना नपुग्दै बाबुले संसार छोडे । बाबुको मृत्युपछि उनकी आमाले अन्न पानीका लागी मेला पर्म सुरु गरिन् । आमाले काम गरुन्जेल उनी भुइँंमा बस्थे, खान्थे र सुत्थे रे । उनले भने ‘चिसोले गर्दा बाथ भएको थाहा लाग्यो पछि हात गोडा साह्रै दुख्थे । करकर खान्थे । बिस्तारै चल्नै छोडे ।’
ह्विलचियर नपाउँंदासम्म उनको जीवन निकै कष्टकर थियो । ह्विलचियरले जीवनमा केही रंग थपिदियो । ह्विलचियर पाएपछि हिडडुल गर्न केही सहज भयो र औपचारिक शिक्षाका लागि उनी २५ बर्षको उमेरमा विद्यालय भर्ना भए । उनको विद्यालय थियो ललितपुर ढोलाहिटीको अनलज्योति बोर्डिङ स्कुल । स्वअध्ययनबाट अनौपचारिक शिक्षा लिएका हरि एक्कै पटक कक्षा चारमा भर्ना भए । चारबाट छ, छ बाट आठ हुँंदै २०६६ सालमा उनले एसएलसी पास गरे ।
जीवन परिवर्तनका लागि उनले शिक्षालाई साध्य र ह्विलचियरलाई साधनको रुपमा लिएका छन् । नपढेको भए जीवन कस्तो हुँंदो हो ? यो प्रश्नले उनले आफैंलाई धेरै पटक गरिसके । तर उत्तर भेटेका छैनन् । कारण उनले खुलाए । भने, ‘म सोच्नै सक्दिन, त्यसैले उत्तर नै फेला नपारेको ।’
व्यवस्थापन समितिको निर्णय अनुसार छ वर्ष अघि हरिसर निजी स्रोतमा यो विद्यालयमा नियुक्त भएका हुन । अपांगता भएकाको हकहितमा लाग्नका लागि उनी संघ संस्थामा समेत आबद्ध छन् । अपांग जिल्ला समन्वय समिति ललितपुरका उपाध्यक्ष हुन् । पढाइ ,लगनशीलता र प्रेरणा नै अपांगतासित लड्ने दह्रो आधार भएको अनुभव संगालेका छन् । नपढेको भए कोठाभित्रै कुजिएको अवस्थामा हुने कल्पना गर्छन् उनी ।