बिकृति रोक्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्छ : पूर्वमन्त्री ढकाल

प्रकासित मिति: २७ असार २०७५, बुधबार १३:२५

२७ असार, । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रीएकनाथ ढकालले क्याम्बोडियाको बेल्टी इन्टरनेसनल विश्वबिद्धालयमा आयोजित युवा सम्मेलनमा बुधबार सम्बोधन गरेका छन् । सामजिक समस्याहरुको समाधानमा युवा बर्गको भूमिका बिषयक कार्यक्रममा बोल्दै ढकालले बढ्दो व्यक्तिवाद,अनैतिकता, नैराश्यता, नकारात्मक चिन्तन, अज्ञानता तथा अतिवादको कारण विश्व भरिका युबाहरु आक्रान्त पारेको बताउदै समाधानको लागि युबाहरुनै अघि बढ्नु पर्नेमा जोड दिए । अध्यक्ष ढकालले समाजका बिकृति र बिशंगतिको बिरुद्धमा लड्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्ने बताए । उनले युबाहरुलाई सार्बजनिक सोंचको विकास गर्न, स्वयमसेवाको संस्कार विकास गर्न तथा आफ्नो नमुना मार्फत अरुलाई प्रभावित बनाउन प्रोत्साहित गरे । बेल्टी इन्टरनेसनल विश्वबिद्धालयका अध्यक्ष तथा सांसद डा.लि चेङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममामा क्याम्बोडिया, थाईल्याण्ड, फिलिपिन्स, नेपाल, भारत, मलेसिया, चीन, सिंगापुर, कोरिया, जापान लगायत देशका विश्व बिद्यालयका करिब
५०० बिद्धार्थीहरुको सहभागिता रहेको थियो । पुर्वमन्त्रीढकालले विश्वबिद्धालयका बिद्धार्थीहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement