बिक्रीमा छु म

प्रकासित मिति: १५ श्रावण २०७५, मंगलवार ०३:३४

☞सुरेन्द्र शर्मा दाहाल

थोत्रो कराईमा
च्वाँइय।।य।।य
तरकारी ओइरिदा
भुस्स निस्किएको
धुवाँ जस्तै।।।।।
यो जिन्दगी ।।।।
थोरै बास्ना
अलिकति स्थिरतामा पनि
डढिहाल्ने भय।।।।
त्यसैले
चलयमान बन्ने
असफल प्रयासमा
आफ्नो रंग र रुप
निमिट्यान्न पारेर
अरुले लिएको
जिब्रो पडकिने स्वादमा
कृत्रिम खुसी
व्यक्त गर्दा गर्दै
लाग्छ।।।। कहिले काँही
आज बिक्रीमा छ
मेरो अस्तित्व
मेरो पहिचान।

रंग परिवर्तन गर्न
खप्पिस।।।।
छेपारो जस्तो
सकिन मैले
जिन्दगीको
रंग बदल्न।।।
त्यसैले
न त पोल्ने सिस्नु बने
न त छर्न नै सकें
गुलाब झैँ बास्ना।।।।।
अर्काको हिँडाइमा
आफ्नो पदचापलाई
मिलाउन खोज्दा खोज्दै
आफ्नै वास्तविक हिँडाइ
भुसुक्कै बिर्सेको बेला
लाग्छ।।।। कहिले काँही
आज बिक्रीमा छ
मेरो आत्मविश्वास
मेरो आत्मसम्मान ।

मुटुका धडकन हरुले
बम पडकिएझैं
आभाष दिन्छन् ।।।
कहिले काँही ।।।। लाग्दछ
सार्थकता शून्य छन्
मैले बाँचेका
आज सम्मका
जीवनका बसन्तहरु।।।
छोटिंदै गरेका
दैनिक २४ घन्टा
अनि।।।।
वर्षका ३६५ दिनहरुमा
हस्याङ पस्याङ गर्दै
दौडन खोज्दै गर्दा
ठेस लागेका
बुडि औंलाहरु बाट
बग्दै गरेको
रगतका कणहरुले
कहाँ सक्थें र म
सिञ्चित गर्न
मरुभूमि तुल्य
मेरो अन्तिम वास स्थान।।।।
मेरो माटोहरु।।।।।
बैरिको कु नियतिले
मेरा पाइलाहरुमा
पासो थाप्न खोज्दा
निरीह भै
हिँडने प्रयासमा।।।।।
लाग्छ।।।। कहिले काँही
बिक्रीमा छु म
बिक्रीमा छ मेरो स्वाभिमान।।

Bhansar Bivag
Argakhachi Cement