बिदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमणमा बिदा दिने निर्णय आत्मसमर्पणबादी सोंच ःअध्यक्ष ढकाल

प्रकासित मिति: ११ कार्तिक २०७३, बिहीबार १५:२९

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम पूर्वमन्त्री एकनाथ ढकालले बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउने दिन सरकारले सार्बजनिक विदा दिने निर्णय गर्नु आत्मसमर्पणबादी सोंच भएको बताउनु भएको छ ।
अध्यक्ष ढकालले बिज्ञप्ति जारी गदै सार्बजनीक बिदा दिने सरकारको निर्णय कुनै बहादुरी र प्रसंशा गर्न योग्य निर्णय नभएको बताए । कुनै पनि सार्बभौम राष्ट्रले आफ्नो मित्र राष्ट्रहरु संगको कुटनैतिक सम्बन्ध समानता र सह–सम्मानको आधारमा निर्धारण गरेको हुन्छ भन्दै ढकालले यदि नेपालका राष्ट्र प्रमुख भारत र चीनको राजकीय भ्रमणमा जाँदा त्यहाको सरकारले सार्बजनिक बिदा दियो भनेमात्र प्रचण्ड सरकारको यो निर्णयलाइ स्वाभाविक मान्न सकिने तर्क गदै अन्यथा यो निर्णयले सार्बभौम र स्वाधीन नेपाली नागरिकको स्वाभिमानमा आँच पु¥याउने बताए । उनले प्रचण्ड सरकार नेपाली नागरिकको भावना प्रति संबेदनशिल नभएको टिप्पणी गरे ।
सरकारले आजै छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement