बिमस्टेक सम्मेलनको तयारी पुराः सार्वजनीक भो कार्यक्रम तालिका

प्रकासित मिति: ८ भाद्र २०७५, शुक्रबार १५:५१

काठमाडौँ । काठमाण्डौमा यहि भदौ १४र १५ गते हुने चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुने, काठमाडौ घोषणापत्र कस्तो जारी गर्ने कुन— कुन विषयमा छलफल गर्ने लगायतका विषयलाई अन्तिम रुप दिइएको परारष्ट्र मन्त्रालय स्रोतले जनाएको छ
सम्मेलनमा उपस्थित हुन निमन्त्रणा, स्वागत र बसोबास स्थल, समिट स्थल र भेटघाटको समय पनि टुङ्गो लागेको परराष्ट मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सम्मेलनमा सातवटै देशका कार्यकारी प्रमुखको उपस्थिती रहनेछ ।

सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो चिफ जस्टिक, भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।

भदौ १२ गते म्यानमारका प्रधानमन्त्री आउनेछन् । १३ गते म्यानमारसँग दुईपक्षीय भेटवार्ता पनि रहेको छ । १३ गते भुटान र श्रीलंकाका र १४ गते बिहान बाँकी तीन देशका शीर्ष नेतृत्व सम्मेलनमा भाग लिन आउनेछन् ।१४ गते प्रधानमन्त्री केपी वलीले सोल्टी होटलमा सम्मेलनको उद्घाटन गर्नेछन् । सोही दिन साँझ आमन्त्रित पाहुनालाई रात्रीभोज होटल हायातमा दिईनेछ ।१५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ ।१५ गते नै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओली बीचपनि दुईपक्षिय वार्ता हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ ।श्रीलंकका राष्ट्रपति भने दुई पक्षिय भ्रमण भएकाले १६ गते फर्कने कार्यक्रम रहेको छ । श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्नेछन् ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा भएको थियो । दोस्रो सन २००८ मा भारतमा भएको थियो भने तेस्रो सन २०१४ मा म्यानमारमा भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement