बिश्वमा शान्ति,भाईचारा स्थापीत गर्न फादर मुनको सिदान्त आवश्यक : पूर्व उपराष्ट्रपति झा

प्रकासित मिति: २ भाद्र २०७५, शनिबार १३:५९

काठमाडौं । बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको आयोजनामा राजधानीमा दूई दिने स्वस्थ्य मन शरिर र आत्माको रहस्य पहिल्याउने कार्यक्रममको आयोजना गरिएको छ । शनिबारबाट शुरु भएको कार्यक्रमका उदघाटन पूर्व उपराष्ट्रपति परमानन्द झाले गरेका छन् ।
उद्घाटन पस्चात् बोल्दै पूर्व उपरास्ट्रपति परमानन्द झाले बिश्व शान्तिका अभियान्ता फादर मुनसँगको बिगतको भेटवार्ताको स्मरण गरे । उनले फादर मुनले प्रतिपादन गरेको सिद्धान्तले पारिवारिक शान्ति, भाईचारा एबम् बिश्व शान्तिका लागि महत्वपूर्ण भूमिका खेलेकोमा जोड दिए । उनले फादर मुनको अभियानले नेपालको शान्ति प्रकृयामा सहयोग गरेको उल्लेख गदै आज भएका यस्ता कार्यक्रमहरुले परिवारमा एकता कार्यम गर्न मद्धत पुग्ने बताए ।
कार्यक्रममा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पारिबारिक शान्तिको लागि प्रत्येक ब्यक्तिले आआफ्नो स्थानबाट अग्रसरता देखाउने हो भने परिवारमा शान्ति आउने बताए । उनले परिवारको एकताको लागि बिश्व शान्ति तथा एकिकृत परिवार संघले खेलको भूमिकाको प्रशसा गरे । उनले परिवारमा एकता ल्याउनका लागि पारिवारीक कार्यक्रमहरु गरिनुपर्नेमा जोड दिए । बिश्व भ्रमण २०१८ अन्तर्गत सन्चालित सो कार्यक्रममा राष्ट्रिय सभाका सांसद राम नारायण बिडारी पूर्व सांसद मिलन कुमारी राजबंशी युपीएफ एसिया प्यासिफिकका अध्यक्ष डा.चङ् सिक योङ युथ एण्ड स्टुडेन्ट फर पिसका इन्टरनेशनल अध्यक्ष डा. रोबेर्ट एस किटेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले परिवार बलियो भएमात्र समाजमा समृद्धि आउने बताउदै सबैले स्वस्थ्य मन शरीर र आत्माको रहस्यको बारेमा थाहा पाउनु पर्नेमा जोड दिएका थिए ।
आईतबार सम्म संञ्चालन हुने कार्यक्रमा देशैभरीबाट दुई हजार भन्दा बढीकोसहभागीता रहेको थियो । कार्यक्रममा, प्राध्यापक, कलाकार, खेलाडी, समाजसेवी लगायतको वाक्लो उपस्थति रहेको थियो । समारोहमा कलाकारहरुले साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement