बुढीगण्डकी जलबिधुत आयोजनाको मुआब्जा पुनराबलोकन गर ः सांसद ढकाल

प्रकासित मिति: २९ पुष २०७३, शुक्रबार १५:०७

२९ पुस, काठमाडौं । गोर्खा र धादिंङको सिमानामा पर्ने बुढीगण्डकी जलबिधुत आयोजना बारे संसदमा छलफलले प्रवेश पाएको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संसद्को बैठकमा बोल्दै जलाशययुक्त बुढीगण्डकी जलबिधुत आयोजनाको मुआब्जा पुनराबलोकन गर्न माग गरेका छन् ।
शुक्रबार संसद्को बैठकमा बिशेष समयमा बोल्दै सांसद ढकालले राष्ट्रिय गौरबको योजना सफल बनाउन स्थानीयबासी र जनप्रतिनिधिहरुले सहयोग गर्न तयार छन् तर सरकारले उनीहरुको पीरमर्का बुझनु पर्नेमा जोड दिए ।
ढकालले १२०० मेघावाटको बुढीगण्डकी आयोजनाको लागि करिब ८,११७ घरधुरीका ४५,६११ जना प्रभावित हुने बताउदै जग्गा अधिग्रहणको लागि प्रकाशित सूचना अनुसार गोर्खा जिल्लामा ३०,०७८ रोपनी र धादिंङ जिल्लामा २८,०७५ रोपनी जग्गागरि कुल ५८,१५३ रोपनी जग्गाको मुआब्जा दिनु पर्ने देखिन्छ भने । ढकालले मुआब्जाको लागि हाल निर्धारण गरेको ११ किसिमको दररेटमा पुनराबलोकन आबस्यक रहेको उल्लेख गर्दै पुनर्बास पुनस्थार्पनाको लागि उचित निर्णय गर्न सरकारसंग माग गरे ।
सांसद ढकालले २०३४ सालको नापीको आधारमा नभई जग्गाको हालको अवस्था र उत्पादकत्वको अध्ययन गरि पाखो, बारी, खेत, मोटरबाटोको दायाँबायाँ, बस्ती क्षेत्र, बजार क्षेत्र र घडेरीगरि बर्गिकरण गर्न जनताको माग भएकोले सरकारले गम्भिरतापुर्बक लिन ध्यानाकर्षण गरे । ढकालले विस्थापितलाई रकम वा जग्गा के लिने हो रोज्न लगाउने, आयोजनाको हरेक अबसरमा प्राथमिकता दिनु पर्ने, डुबान क्षेत्रमा रहेको गुठि जग्गाको पनि रैकर जग्गा सरह मुआब्जा पाउनु पर्ने, ऐलानी जग्गामा बसोबास गर्नेहरुको हाल भोगचलन गरेको जग्गाको नापी गरि सो जग्गाको रैकर सरह मुआब्जा पाउने ब्यबस्था गर्न पनि सरकारसंग माग गरे ।
ढकालले सरकारले जनताको मर्यादा कायम नगरे जनताले पनि सरकारको मर्यादा नगर्न सक्छन भदै यी मागहरुलाई गम्भिरतापुर्बक लिन उनले आग्रह गरे । उनले विशेषगरी घाटबेशी र सिम्लेफाँट लगायतका जनतालाई मुआब्जा निर्धारणमा न्याय नभएको भन्दै जनताको पक्षमा अन्तिम सम्म लड्न र आयोजना सफल बनाउन लागिपर्नेमा जोड दिए ।

Bhansar Bivag
Argakhachi Cement