शिक्षाः एक दृष्टिकोण

प्रकासित मिति: २१ बैशाख २०७४, बिहीबार ०७:०८

बुद्धि र चरित्र यो नै सच्चा शिक्षाको लक्ष्य हो –    मार्टिन लुथर किंग

काशिनाथ खनाल

केही कुरा थाहा पाउनु नै शिक्षा हो भनेर हामीले पढ्दै आइएको हो । हाम्रो वरिपरि पनि धेरै शिक्षकहरू पाइन्छन् जसले हामीलार्इ विभिन्न कुराहरू सिकाइ नै रहेका हुन्छन् । शिक्षा भनेको सिकार्इ हो । सिकार्इ जीवनको अभिन्न अंग हो । हामीले प्रत्येक क्षण केही न केही सिकिरहेकै हुन्छौं । जीवन जिउँनका लागि हामीलार्इ हरेक दिन नवीन विचार र दृष्टिकोणको आवश्यकता पर्दछ । कुनै म एकदमै ठूलो विद्वान हूँ भन्ने व्यक्तिले गरेका कामबाट नयाँ पिँढीले कुनै राम्रो काम गर्ने प्रेरणा पाउँदैन, उसको योगदानले आउने हिउँदका लागि खाद्यान्नको जोहो गर्न सकेको छैन भने उसले सजिलै बिहान बेलुकाको पेट भरेको छ, जहान छोराछोरी पालेको छ र शहमा एउटा घर बनाएको छ भन्दैमा त्यो व्यक्ति शिक्षित र विद्वान् हुन्छ कि हुँदैन्? यस्तै गम्भीर प्रश्न शिक्षित र सिक्षासेवीहरू प्रति उठ्न थालेको छ । शिक्षा के हो? केलार्इ शिक्षित भन्ने? शिक्षाको लक्ष्य को हो ? यसको कुनै सुनिश्चित मापदण्ड छ कि छैन? आदि इत्यादि प्रश्न अहिलेको पुस्ताका मनमा संचित हुन थालेको छ ।
शिक्षा मानव जीवनको अत्यन्त महत्वपूर्ण आर्जन हो । जीवन र जगतसँग सम्बन्धित सबै रहस्यहरू, जानकारीहरू, ब्रह्मण्डसँग सम्बन्धित अनेक सिद्धान्तहरू, नियमहरू थाहा पाउन र पत्ता लागाउन पनि शिक्षा बिना केही पनि सम्भव छैन । शिक्षा बिना न जीवन बुझिन्छ न त जगत !शिक्षा पाउनु भन्दा पनि जीवन र जगत बुझ्न, मानवको जीवनको उद्देश्य बुझ्न र महत्व बुझ्नका लागि शिक्षा नितान्त जरुरी छ ।
काम गर्ने सीप, दक्षता, क्षमताको अभिवृद्धि लगायत दृष्टिकोण, गुणात्मकता, जिउँले कला जस्ता उपयोगी तथ्यहरू थाहा पाउन पनि शिक्षाको नितान्त जरुरत पर्दछ । तसर्थ शिक्षा अत्यन्त आवश्यक कडी हो जसको आधारमा  मानव जीवनले सार्थक मूल्य पाउँछ ।

 

 

तसर्थ कुनै कुरो थाहा पाउनु नै शिक्षा हो भन्ने अत्यन्त साँघुरो घेरा भित्र शिक्षाको महत्ता अटाउन सक्तैन । अर्को बौद्धिक हुनु मात्र पनि शिक्षित हुनु होइन । शिक्षा भनेको पद्धति, सिद्धान्त र उपलब्धी पनि हो । बाबुआमा, अग्रज, शिक्षक, समाजसेवी, राजनीतिज्ञ, सबैले सिद्धान्त पालना गरेर हासिल गरेका उपलब्धीहरू पनि सबै शिक्षा  भित्र समेटिनुपर्ने विषयहरू हुन् । अहिलेको आधुनिक शिक्षाले केवल सीप, प्रविधि, ज्ञान, जसले काम गर्ने आइडिया दिन्छ त्यसलार्इ मात्र शिक्षा भन्ने गरेको पाइन्छ । त्यसले नै समाजम समस्याहरू निम्तिइ रहेका छन् । जीवनको साङ्गोपाङ्ग बुझाइ नै शिक्षा हुनुपर्छ । प्राविधिक र किताबि ज्ञान मात्र शिक्षा होइन । मानिसलार्इ स्वार्थी व्यक्तिवाद उन्मुख बनाउने अरु केही नभएर गलत ढाँचाको शिक्षा (wrong pattern of education) नै हो । किनकि गलत बाटो बाटो हिंडेर सही गन्तव्यमा पुग्ने कल्पना केवल दिवा स्वप्न हुन सक्तछ ।

भनिन्छ, परिवर्तन प्रकृतिको नियम नै हो । हामी दिनानुदिन नयाँ तथ्यसँग साक्षात्कार हुन पुगिरहेका हुन्छौं । वैज्ञानिक र प्राविधिक हिसाबले हामी दैनिक रुपमा फड्को मारिरहेका हुन्छौं । त्यस्तै शिक्षाको पनि नयाँ आयाम थपिर्इ नै रहेका छन् । थपिएका कुरालार्इ कहिले मनन गर्ने? कसले मनन गर्ने?

बीसौं शताब्दी चरम भौतिक विकासको अवधि रहेकाले मानिसहरू यसैको पछि पछि कुदे । भौतिकताकै आडमा सुरु भर्इ दर्शनको रुपमा विकास भएको भएको ‛ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद’ र त्यसले सृजना गरेको अस्तव्यस्ततामा बीसौं शताब्दीको पछिल्लो कालखण्ड नराम्ररी फस्न पुग्यो । त्यसले विविन्न खाले सामाजिक महारोगहरू निम्त्यायो । नयाँ प्रकाशनलार्इ नरुचाउने र सहन नसक्ने धार्मिक जगत र त्यसका अगुवा एवं भीरुहरूले भौतिक विकासँगै मौलाएको तर्कसंगत ज्ञानलार्इ विश्वास दिलाउने खालको आध्यात्मिक तर्क प्रस्तुत गर्न सकेनन् । तसर्थ बीसौं शताब्दीमा धेरै आफूलार्इ महत्वपूर्ण र इतिहासको हिमायतीका रुपमा सोच्ने धर्महरू भौतिकवादसँग सती गए । जसका कारण नैतिकता, आदर्श, प्रेम, निस्वार्थता जस्ता युगीन मूल्यहरूको संगीन खुस्कियो । जसका कारण व्यक्ति, परिवार, समाज र राष्ट्रहरूको मियो उखेलियो ।


बीसौं शताब्दीमा पैदा भएको शिक्षा प्रणाली पूर्णत भौतिकवादमा आधारित भएर विकास भयो । आज पर्यन्न शिक्षा भनेको भौतिकवाद हो भन्ने किसिमबाट विश्वविद्यालयमा गेस पेपरका सहाराले दिक्षित भएका र आफूलार्इ विद्वतवर्ग भन्न रुचाउनेहरूको पङ्ति यसमै रुमल्लिर्इ रहेको छ र तिनीहरूले दिएको नोट सारेर घोक्दै पढ्ने अहिलेको स्वाँठ युवापुस्ताले नयाँ पिँढीलार्इ के शैक्षिक योगदान देला? तर दुःखको कुरा के हो भने राजनीतिक सत्तादेखि, प्रशासन र शिक्षा क्षेत्र यस्तै मान्छेको चङ्गुलमा फसेको छ । शिक्षा क्षेत्र सुधारका लागि यो चङ्गुलबाट शिक्षालार्इ मुक्त गर्नु अति आवश्यक छ ।

Bhansar Bivag
Argakhachi Cement