बूढी गण्डकीको सबै प्रभाबितलाई तुरुन्तअमुआब्जा वितरण गर्न अध्यक्ष ढकाल गरे सरकारसँग आग्रह

प्रकासित मिति: ५ बैशाख २०७५, बुधबार १४:५१

भीमसेनको गाउँपालिकाको केन्द्र पुरानै ठाउँमा राख्नुपर्नेमा जोड

गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्री एकनाथ ढकालले बूढी गण्डकी जलाशय युक्त जलबिधुत परियोजनाले तत्कालै बाँकी प्रभावितलाई मुआब्जा वितरण गर्नुपर्ने बताएका छन ।गृह जिल्ला गोरखा आएका ढकालले संञ्चारकर्मी सँगको भेटमा यस्तो बताएका हुन् । ‘बूढी गण्डकीको विषयमा उर्जा मन्त्रालय र उर्जा मन्त्री जानकार नै हुनुहुन्छ’ उनले भने ‘म काठमाडौँ फर्केपछि उर्जामन्त्रीसँग भेटगरी पछिल्लो प्रगती के रहेछ बुझ्छु । ढकालले बूढी गण्डकी जलबिधुत योजनाको काम निरन्तर अघि बढ्ने पनि बिश्वाश दिलाए । ढकाल आफैँ बूढी गण्डकी जलाशययूक्त आयोजनाको डुबान प्रभावित समेत हुन् ।

परिवार दलले देशको सबै ७५३ स्थानीय तहमा राजनैतिक बहस गर्ने बताएका छन् । वामपन्थी र प्रजातान्त्रिक दुवै राजनैतिक शक्तिलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा अघि बढाऊन अग्रपंथी लोकतन्त्रको सान्दर्भिकताको बारेमा बहस गरिने उनको भनाई थियो । ढकालले आफ्नो पार्टीले नेकपा एमाले संग चुनाबी तालमेल गरि सहकार्य गरेपनि पार्टी एकीकरण भने नगर्ने जानकारी दिए । वाम गठबन्धन वाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका ढकालले नयाँ सोंच र चिन्तन भएका दलहरु संग भने एकीकरण हुन सक्ने बताए । ढकालले निर्बाचन अघि एमाले संग भएको तिनबुदे सहमति अनुसार नै वाम गठबन्धन संगको सहकार्यमा आफ्नो दल अघि बढ्ने बताउँदै परिवार दलले गत निर्बाचनमा आफ्नो जिम्मेवारी इमान्दारिपुर्बक बहन गरिसकेको भन्दै एमालले सहमति कार्यन्वयन गर्ने बिश्वाश ब्यक्त गरे । प्रधानमन्त्री ओलीले मन्त्रि मण्डलमा राम्रो टिम बनाउनु भएको छ भन्दै नेता ढकालले राष्ट्रियता, शुशासन र आर्थिक उन्नतिको मुद्दामा सरकार केन्द्रित भयर प्रचारमुखी भन्दा पनि परिणाम मुखी काम गरेर देखाउनु पर्नेमा जोड दिए ।

भीमसेनको गाउँपालिकाको केन्द्र पुरानै ठाउँमा राख्न आग्रह
जिल्लाको सबै भन्दा विवादित भीमसेन गाउँपालिकाको केन्द्र विवाद अझै टुंगोमा पुगेको छैन । गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले भीमसेनको केन्द्र पहिले रहेको बगुवा बाट घ्याम्पेशाल सारेको भन्दै ढकालले आपत्ती जनाए ।
‘गाउँपालिकाको केन्द्र घ्याम्पेशाल कुनै कुराले पनि सेन्टरमा पर्दैन’ उनले भने ‘अध्यक्ष ज्यूले निर्णयलाई पुर्न्विचार गरेर पहिलेकै ठाउँ बगुवामा सार्दा राम्रो हुन्छ ।’ नेता ढकालले आफु अविचलित भएर राष्ट्र सेवामा अघि बढ्ने र गोरखा जिल्लाको विकास निर्माणमा सक्रियरुपमा भूमिका खेल्ने बताए ।

Bhansar Bivag
Argakhachi Cement