बृहत् सांस्कृतिक प्रदर्शनी हुने

प्रकासित मिति: १२ पुष २०७३, मंगलवार १४:१६

काठमाडौँ, १२ पुस । भारतको क्रेजी चेप्स तथा नेपालको नेपाल–भारत युवामैत्री सङ्घको संयुक्त तत्वावधानमा आगामी पुस १५ काठमाडौँको टुँडिखेलमा बृहत् सांस्कृतिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकारसम्मेलनमा चार दिन लामो इन्डो–नेपाल फ्रेन्डसिप इभेन्ट्स कला प्रदर्शनी गरिने जनाएको हो । प्रदर्शनीमा बलिउडका चर्चित गायिका शिवानी कश्यप, हास्यकलाकार इशान कुरेशी एवम् चर्चित डान्सर शेफाली जरिवाला तथा अभिनेत्री प्रियङ्का कार्कीलगायत नेपाल र भारतका गरी १२२ जना कलाकारले प्रस्तुति दिने आयोजक क्रेजी चेप्स कमिटीका संयोजक अमित चन्द्रकारले जानकारी दिनुभयो ।

चन्द्रकारले आफूले रुस, इन्डोनेसियालगायत दर्जनौँ देशमा यस्ता प्रदर्शनी गर्दै आएको र केही समय नेपालमा रहेर नेपाल–भारतबीचका सांस्कृतिक सम्बन्धका बारेमा केही काम गर्ने बताउँदै नेपाल र भारतका सांस्कृतिक र पर्यटनका क्षेत्र मिल्दाजुल्दा छन् भन्नुभयो । यस प्रदर्शनीमा विशेषगरी भारतीय एवम् नेपाली खानाका विभिन्न परिकारको प्रर्दशनी हुनेछ ।

त्यस प्रदर्शनीमा राजस्थानी नृत्य, पञ्जावी भङ्गडा, कुचिपुडी, मराथी लावण्डी, भजन एवम् लोकगीत र नेपालको लोककला झल्किने झिझिया नृत्य, समाचेकवा, जाटजटिन तथा अपाङ्गको नाचगान तथा विविध गीतको प्रस्तुत हुनेछ । पञ्जावका वरिष्ठ कलाकार विवेक बर्मा र हरियानाका अमन कुमारले पनि आ–आफनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement