बेल्जियम बन्यो तेस्रो

प्रकासित मिति: ३१ असार २०७५, आईतवार ०१:१४

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे ।

विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका रूपमा हेरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement