ब्यबसायी ढकालको पहलमा गोरखामा बिद्यालय भवन बन्ने

प्रकासित मिति: १९ कार्तिक २०७५, सोमबार १७:५०

नेदरल्यान्डका नागरिक एनालिस तथा हेन्कले सहयोग गर्ने

गोरखा २०७२ सालमा गएको भुकम्प पश्चात् पुनर्निर्माण हुँदै गरेको भिमसेन थापा गाउँपालिका ८ बोर्लाङ९ऐरिभन्ज्याङ स्थित श्री भवानी प्राथमिक विध्यालयमा थप दुई कोठाको पुस्तकालय निर्माण हुने भएको छ। नेदरल्यान्डका नागरिक एनालिस तथा हेन्कले उक्त भवन निर्माणका लागि सहयोग गर्ने भएका छन। काठमाडौं स्थित हिमालय फेमिली एडभेन्चर प्रा.लि.का संचालक पर्यटन ब्यबशायी नबराज ढकालको पहलमा उक्त सहयोग जुटाई बिद्यालय भवन निर्माण हुन लागेको हो । कक्षा तीन सम्म पढाई हुने यस बिद्यालयले भुकम्प पश्चात् बाहिर चौरमा पढाउदै आएको छ। भवनको पुनर्निर्माण छिटो सकिने र जाडो मौसममा साना विद्यार्थीहरुलाई कक्षाकोठामै पढाउन पाईने आशा रहको बिद्यालयका प्रधानध्यपक लक्ष्मीप्रसाद रेग्मी बताउछन् ।

Bhansar Bivag
Argakhachi Cement