भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै ,देवी ज्ञवालीलाई ५१२ मतले अगाडि

प्रकासित मिति: २१ श्रावण २०७४, शनिबार ०३:३२

चितवन । भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेकी छन् ।

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि छन् ।

Bhansar Bivag
Argakhachi Cement