‘भर्जिन गन्तव्य’ लोमान्थाङमा आन्तरिक पर्यटकको भीड

प्रकासित मिति: ४ कार्तिक २०७३, बिहीबार ०३:१५

मुस्ताङ,  माटोको सहर । मुस्ताङ्गी राजपरिवारको थातथलो । वर्षौं पुरानो ऐतिहासिक राजदरबार । स्वर्णिम प्राकृतिक सुन्दरता । तिब्बती कला र संस्कृति ।
उपल्लो मुस्ताङमा अवस्थित लोमान्थाङको यीनै विशेषतामा रमाउन यतिबेला यहाँ आन्तरिक पर्यटकको खचाखच भीड लागेको छ । मुस्ताङ सदरमुकाम जोमसोमबाट दुईदिने पैदल यात्रापछि पुगिने लोमान्थाङलाई आन्तरिक पर्यटकले ‘भर्जिन गन्तव्य’का रुपमा चित्रण गर्ने गर्छन् ।
“लोमान्थाङ पुग्नु स्वर्गको स्वर्णिम अनुभूति गर्नु जस्तै हो । घुम्नका लागि यो भर्जिन गन्तव्य हो”, हालै लोमान्थाङमा पुगेर फर्केका पोखराका पर्यटन व्यवसायी चक्र गुरुङले भन्नुभयोे, “त्यहाँको सुन्दरताको बयान गरी साध्य छैन, त्यहाँ पुग्दाको आनन्द शब्दमा वर्णन गर्न सक्दिनँ ।”

एकै लहरमा मिलेर बसेको बस्ती र त्यहाँ पाइने आतिथ्य सत्कार पर्यटकका लागि कहिल्यै नभुल्ने क्षण हुन्् । दसैं र तिहारको बिदा मनाउन नेपाली धमाधम लोमान्थाङ पुग्न थालेका छन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको आकर्षण व्यापक बनेको लोमान्थाङका होटल व्यवसायी छिरिङ सान्मो गुरुङले बताउनुभयो । लोमान्थाङमा १० वटा सुविधासम्पन्न होटल छन् ।

ती होटलमा एकैरात एकसय ५० जनासम्म बास बस्न सक्छन् । “तर होटल भरिभराउ भएपछि घरमा लगेर पनि सुताउने गरेका छौँ”, गुरुङले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले नेपाली पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि अहिले दैनिक दुई सयको हाराहारीमा नेपाली लोमान्थाङ भ्रमणमा पुग्ने गरेका छन् । लोमान्थाङ क्षेत्रमा वार्षिक चार हजारको हाराहारीमा बाह्य पर्यटक पुग्ने गरेको एक्यापको तथ्याङ्क छ ।

एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले आन्तरिक पर्यटकको ‘फ्लो’ ९प्रवाह० बढेको बताउनुभयो । “अफसिजन सुरु हुन लागेको छ, चिसो पनि बढेको छ”, उहाँले भन्नुभयो, “तैपनि नेपालीहरु जानेक्रम रोकिएको छैन ।”

Bhansar Bivag
Argakhachi Cement