दिल्ली । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र भारतका उपराष्ट्रपति श्री वेंकैया नायडू संग शिष्टाचार भेट गर्नु भएको छ । दिल्ली स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल भारतको मैत्री सम्बन्ध थप प्रगाड बनाउने बिषयमा कुराकानी भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताउनु भयो । उपराष्ट्रपति श्री वेंकैया नायडूले भारत सधै नेपालमा स्थिरता र विकास भएको देख्न चाहने बताउदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सफलताको सुभकामना दिएका थिए । भेटमा भारतीय सांसद भुबनेस्वार कलिता, पूर्व राजदुत केभी राजन लगायत सहभागी हुनुहुन्थ्यो ।