काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएका छन्।
भारतिय जनता पार्टीले लोकसभाको निर्वाचनमा पाएको सफलताको खबरले खुसी लागेको बताउँदै तपाईकोको नेतृत्व कुशल रहेको ले सफलता मिलेको बताएका छन् । ढकालले सोअवसरमा नेपाल परिवार दल र मेरो तर्फबाट समेत शुभकाना दिएका छन् । उनले नेपाल र भारतबीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने समेत बनाएका छन् । ढकाल पछिल्लो समय भारतीय नेताहरुसँग राम्रो सम्बन्ध स्थापित गरेका नेता हुन् ।