भारतीय लोकसभा निर्वाचन ११ अप्रिलदेखि सात चरणमा हुने

प्रकासित मिति: २६ फाल्गुन २०७५, आईतवार १४:३९

नयाँ दिल्ली । सन् २०१९ मा हुने भारतीय लोकसभाको निर्वाचन सात चरणमा भएको छ। भारतका मुख्‍य निर्वाचन आयुक्त सुनील आरोडाले आइतबार भारतीय लोकसभाको निर्वाचनको मिति सार्वजनिक गरेका हुन्। ११ अप्रिलबाट सुरु हुने पहिलो चरणको र १९ मे मा सातौं चरणको निर्वाचन सम्पन्न हुने
१७ औं लोकसभा गठनका लागि करिब १९ करोड भारतीयले मतदान गर्नेछन्। १८ देखि १९ वर्षका करिब डेढ करोड मतदाताले पहिलो पटक मतदान गर्नेछन्। मुख्य निर्वाचन आयुक्त अरोडाका अनुसार आठ करोड ४३ लाख नयाँ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। दश लाख मतदान केन्द्रमार्फत मतदान गराइने भएको छ। एन्ड्रोइड एपमार्फत आचारसंहिताको उल्लंघनका विषयमा जानकारी दिन सकिने छ। मतदान हुनुभन्दा ४८ घण्टा पहिले लाउडस्पिकरमा प्रतिबन्ध लगाइने र संवेदनशील स्थानमा सीआरपीएफ खटाइने जनाइएको छ। आम चुनावका साथै आन्ध्रा प्रदेश, ओडिशा, सिक्किम र अरुणान्चलमा विधानसभाको निर्वाचन पनि सँगै गराउने सकिने मुख्य आयुक्त अरोडाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। जम्मु कास्मिरको गत नोभेम्बरमा हुने चुनाव भंग भएको थियो। नियमानुसार ६ महिनाभित्र विधान सभाको निर्वाचन गराइसक्नु पर्ने हुन्छ। आम चुनावभन्दा पहिले नै त्यस क्षेत्रमा विधानसभाको निर्वाचन गराउने सकिने जनाइएको छ।

सन् २०१४ को निर्वाचनको ५ मार्च २०१४ मा घोषणा गरिएको थियो भने मतदान ७ अप्रिलबाट सुरु भएर १२ मे मा सम्पन्न भएको थियो। १६ मे मा सार्वजनिक भएको मतपरिणाम अनुसार भारतीय जनता पार्टीले बहुमत ल्याएको थियो।

Bhansar Bivag
Argakhachi Cement