२० पुस, दिल्ली । भारतीय संसद भवनमा आयोजित एक बिशेष कार्यक्रममा भर्खरै नेपालमा सम्पन्न एसिया प्यासिफिक समिट बारे छलफल भएको छ । कार्यक्रममा समिट आयोजक समितिका सह(अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल बिशिष्ट अथितिको रुपमा आमन्त्रित थिए । कार्यक्रममा बोल्दै सांसद तथा भारतीय राष्ट्रिय कांग्रेसका नेता भुवनेश्वर कलीताले एसिया प्यासिफिक समिटमा भारत वाट ५७ जना बिशिष्ट व्यक्तित्वहरु समेत ३४० जनाले सहभागिता जनायको बताउदै समिटको सफलतामा भारत खुशी रहेको उल्लेख गर्दै आयोजकहरुलाई बधाई दिनु भयो । उहाँले सम्मेलनको घोषणापत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय संसदका सभामुख लार्इ समेत प्रस्तुत गरिने जनाउनु भयो । तथा भारतीय जनता पार्टीका नेता तथा आइक्याप स्थाई समिति सदस्य विजय जोलीले आफ्नो जीवनमा सहभागी सम्मेलन मध्ये एसिया प्यासिफिक समिट एक उत्कृस्ट, ब्यबस्थित र भब्य कार्यक्रम रहेको उल्लेख गर्दै नेपालले ठुला कार्यक्रम सफलताका साथ आयोजना गर्न सक्ने प्रमाणित गरेको बताउनु भयो।उहाले सम्मेलनको क्रमममा भारत र पाकिस्तानका पूर्व प्रधानमन्त्रीहरु बीच भयको संबादले महत्व राख्ने धारण ब्यक्त गरे । बिशिष्ट अतिथि एकनाथ ढकालले सम्मेलनमा मित्र राष्ट्र भारतको उच्च स्तरिय सक्रिय सहभागिता तथा योगदानको लागि धन्यवाद दिए । आइयपिपी एशिया प्रशान्त क्षेत्रका संयोजक समेत रहेका ढकालले एसिया प्यासिफिक समिटले जारि गरेको घ्शाना पत्रहरुको बारेमा जानकारी दिदै सम्मेलनमा भयका संवादहरुले भारत र नेपाललाइ मात्र नभई सिंगो प्रशान्त क्षेत्रका सरकार, संसद र आम नागरिक बीच घनिष्ट सम्बन्ध स्थापित गर्न सफल भयको बताउनु भयो । नेसनल ल बिश्वबिद्धालयका उपकुलपति प्राध्यापक डा। रणबिर सिंहले बिबेकको दुरुपयोगले समाजमा समस्या सृजना गर्ने बताउदै शान्ति, सुशासन र मानब अधिकारको संरक्षणमा सहकार्यको आबस्यकता औलाउनु भयो ।भारतीय जनता पार्टीका सांसदहरु रामेश्वर तेली, कामाख्या प्रसाद तासा, रामसिंह रथ्वा, धिरज प्रसाद साहु लगायतले ले एसिया प्यासिफिक समिटले एसिया प्रसान्त क्षेत्र र विश्वमा शान्ति , भातृत्व र सहकार्यको संदेश दिन सफल भयको भन्दै कार्यक्रम निरन्तरताको शुभकामना दिए । भारतीय राष्ट्रिय कांग्रेसका सांसदहरु डा। ठोक्चोम मेंया, विन्चेंत पाल, केसी रामामुर्ति लगायतले एसिया प्यासिफिक समिटको घोषणा पत्रमा एक्यबद्धता जारी गरे । त्यसै गरि सांसदहरु एन गोकुलाकृष्णन, तिरुची सिवा, प्रोफेसर वोर्ल्ड पिस एकडेमी भारतका महासचिब प्राध्यापक डा. प्रमोद कुमार लगायतले एसिया प्यासिफिक समिटको उपलब्धिको बारेमा चर्चा गर्नु भयो । पूर्व मन्त्रि ढकाल भारतीय सांसदहरुको निमन्त्रणामा दुइ दिने दिल्ली भ्रमणमा रहनु भएको छ । दिल्लीमा रहदा ढकालले विभिन्न उच्च स्तरिय भेटघाट गर्ने तथा छलफल हुन सक्ने ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।