काठमाडौँ । नेपाल सरकार गृहमन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्व मन्त्री लगायत उच्चतहका कर्मचारीको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड (पिएसओ) मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय नै गरेर फिर्ता गर्ने तयारी थालेको छ । पिएसओ फिर्ताका लागि गृह मन्त्रालयले पटक–पटक आह्वान गरेपनि धेरैले गरेका छैनन् ।
गृहमन्त्री रामबहादुर थापाले बारम्बार फिर्ताको लागि पहल गरे पछि पछिल्ला केहि महिनामा केही पूर्वमन्त्री, सांसद र प्रहरीले पिएसओ फिर्ता गरेका थिए । अहिले सम्म १ सय ५६ जना पिएसओ फिर्ता भएको गृहले जनाएको छ ।
पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, मन्त्री, उच्चतहका कर्मचारीको सुरक्षार्थ खटिएका पिएसओ फिर्ता गर्न तयारी सरकारले थालेको छ । वर्षौदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन् । पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन । यतिमात्र हैन उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी कर्मचारी छन ्।