जुम्ला । सामाजिक अभियान्ता एवम् नेपाल प्रहरीमा कार्यरत रमन बुढाले जुम्लाको भेडी गोठ आगलागी पिडितलाई सहयोग गरेका छन् । जुम्ला जिल्लाको पातारासी गाउँपालिका २ पेरेका बीर बहादुर बुढाको गत माघ मा भेडीगोठमा आगलागी भई ९५ बटा भेडा बाखा्र जलेर मरेका थिए ।
ब्यबसायिक रुपमै भेडा पाल्दै आएका बीर बहादुरको गोठमा आगलागि भएपछि उनि बिच्चलीमा परेका थिए । आगलागी बाट दश लाख भन्दा बढीको क्षति भएको थियो । घर भन्दा पर रहेको गोठमा कुकुरलाई खाना पकाएर दिने क्रममा बालेको आगोले भेडा बाखा्र जलेर मरेका थिए । बीर बहादुरले बिहान गोठ भेडा चराउन जाँदा उनले आगलागी भएको थाहा पाएका थिए ।
बीर बहादुरले आगलागी पछि बिच्चलीमा परेका थिए । घर परिवार चलाउन नै अप्ठयारो परेको थियो । लामो समयसम्म पनि कसैबाट साथ सहयोग नपाएको थाहा पाएपछि बिदामा घर पुगेका बेला समाजसेबी रमन बुढालले खाधान्य तथा बच्चाहरुको पठन पाठनको लागि स्टेशनरी सामग्री सहयोग गरेका हुन् ।
रमनले यहि असार १४ गते पातारासी गाउँपालिका बडा नं १का बडा अध्यक्ष दत्त बुढाको रोहबरमा सहयोग हस्तान्तरण गरेका हुन् ।
जुम्लाकै पातारासी गाउँपालीका ५ मा जन्मेका रमनले पाँच बर्ष अगाडि देखिनै आफ्नो जिल्ला तथा गाउँपालिकाको बिकासमा सक्दो सहयोग गदै आएका छन् ।
समाजका सबै सदस्य शिक्षित भएमात्रै समाज बिकसीत हुने भन्दै रमनले आफनो तलबको केही प्रतिशत रकम बचाएर समाज बिकासको बिधिध क्षेत्रमा सहयोग गदै आएका छन् ।
सानैदेखि समाजसेवा रुचि राख्ने बुढा प्रहरी सेवाको बेला पनि दिन दुखीलाई सकेको सहयोग गदै आएका छन् ।
यस अघि पनि रमनले जुम्लाका बिभिन्न बिद्यालयमा भुइँमा बसेर पढ्न बाध्य बिद्यार्थीहरुको लागि आवश्यक फर्निचर लगायतका सामग्री बिद्यालयलाई सहयोग गरेका थिए ।
आफु जन्मेको गाउँपालिकालाई शिक्षित बनाउने अभियानमा आफनो सहयोग निरन्तर रहिरहने बताउँने बुढाले प्रहरी सेवामा सानो दर्जामा रहेर पनि उदारणिय काम गरिरहेका छन् ।